ओकिनावामा घुम्ती राहदानी सेवा सम्पन्न, २६४ जना सेवाग्राही लाभान्वित
ओकिनवा,जापान। टोकियोस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ओकिनावाको संयुक्त सहकार्यमा यहि फेब्रुअरी १४ तारिख ओकिनावामा घुम्ती राहदानी सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सेवामार्फत राहदानी नविकरण लगायत अन्य विविध कन्सुलर सेवासहित जम्मा २६४ जना सेवाग्राहीहरूलाई सेवा प्रदान गरिएको आयोजक पक्षले जनाएको छ। विदेशमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै यस्ता घुम्ती...
एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय संयोजकमा दिपक प्रसाद कंडेलको उम्मेदवारी घोषणा
टोकियो,जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि एसिया–प्यासिफिक क्षेत्रीय संयोजक (Regional Coordinator) पदमा दिपक प्रसाद कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। कँडेलले स्थापनाकालदेखिको एनआरएनएको मर्म र भावनालाई आत्मसात् गर्दै आफू विगत एक दशकदेखि अभियानमा निरन्तर क्रियाशील रहेको उनले उल्लेख गरेका छन्। सन् २०१५ मा एनआरएनए जापानको कार्यसमिति सदस्यबाट संस्थागत यात्रा सुरु गरेका कंडेल एसिया–प्यासिफिक युवा संयोजक हुँदै हाल उप–संयोजकको...
जापानमा महानायक राजेश हमाललाई सम्मान
टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा तथा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जापानको सह–आयोजनामा जापानव्यापीरुपमा सञ्चालन भइरहेको सप्ताहव्यापी मोटिभेसनल कार्यक्रम अन्तर्गत नेपाली चलचित्रका महानायक राजेश हमाललाई टोकियोमा “उदात्त योगदान सम्मान २०२६” द्वारा सम्मानित गरिएको छ। बुधबार टोकियोमा आयोजित कार्यक्रममा – कला, व्यक्तित्व विकास तथा सामाजिक चेतनामा उहाँले पुर्याउनुभएको दीर्घकालीन योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको...
महानायक राजेश हमाल जापानका प्रमुख ५ शहरमा आउँदै
टोकियो,जापान। जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सिने जगतका महानायक राजेश हमाल जापानका प्रमुख ५ शहरमा उपस्थित हुने विशेष प्रेरणादायी कार्यक्रम आयोजना हुने भएको छ। “सपना, साधना र सफलता : युगदेखि युगसम्म” शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा तथा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापान च्याप्टरको...
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा: ‘सुदृढ संगठन, दरिलो एकता’ को संकल्प
टोकियो,जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जापानको टोकियोमा आईतबार साँझ आयोजित एक विशेष समारोहका बीच शेरचनले ‘सुदृढ संगठन, दरिलो एकताः हाम्रो अभियान’ भन्ने मूल नाराका साथ १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्। आगामी मार्चमा काठमाडौँमा हुने...
एनआरएनए चिबाद्वारा निबन्ध लेखन प्रतियोगिताको म्याद थप,फेब्रुअरी ८ तारिखसम्म निबन्ध पठाउन सकिने
टोकियो,जापान। एनआरएनए चिबा) ले आयोजना गर्न लागेको “NRNA CHIBA निबन्ध लेखन प्रतियोगिता–२०२६ (श्रृङ्खला–२)” को निबन्ध बुझाउने अन्तिम म्याद थप गरिएको छ। यसअघि निबन्ध बुझाउने अन्तिम मिति २०२६ जनवरी ३१ सम्म तोकिएको भए पनि विभिन्न कारणले केही लेखकहरूले समयमै निबन्ध पेश गर्न नसकेको भन्दै थप समयको माग गरेपछि म्याद थप्ने निर्णय गरिएको एनआरएनए चिबाले जनाएको छ। नयाँ निर्णय अनुसार अब निबन्ध बुझाउने अन्तिम...
रोबिन शेरचनले फेब्रुअरी १ मा,कर्मभूमि जापानबाट एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले संघको आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन्। लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमि बनाएर एनआरएनए अभियानमा सक्रिय शेरचनले संघभित्रको एकतालाई सुदृढ बनाउने र सबै गैरआवासीय नेपालीले अपनत्व महसुस गर्ने संस्था निर्माण गर्ने मुख्य एजेन्डासहित नेतृत्वको दावेदारी प्रस्तुत गर्न लागेका हुन्। शेरचनले आइतबार (सन् २०२६ फेब्रुअरी...
एनआरएनए जापान चिबाद्वारा फेब्रुअरी १ तारिख दोस्रो अनलाईन कार्यक्रम गर्ने,वक्तामा डा. भुपालमान श्रेष्ठ
टोकियो,जापान। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गत चिबा क्षेत्रीय समितिले प्रत्येक महिना ज्ञान, अनुभव र समसामयिक विषयवस्तुमा केन्द्रित अनलाइन लाइभ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही शृङ्खलाअन्तर्गत एनआरएनए चिबा वेबीनार प्रोग्राम(NRNA Chiba Webinar Program )को दोस्रो एपिसोड फेब्रुअरी १ तारिख आयोजना गरिने भएको छ। यस एपिसोडमा यस वर्षकालागि अझै पनि ‘स्युस्योकु’ (जागिर)निश्चित नभएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्युस्योकु प्रक्रिया...
एनआरएनए चिबाले मासिक अनलाइन कार्यक्रम सुरु गर्ने, पहिलो कार्यक्रम यहि डिसेम्बर २० तारिख
टोकियो,जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गतको क्षेत्रीय समन्वय परिषद् चिबाले प्रत्येक महिनामा विभिन्न समसामयिक विषयवस्तुमा केन्द्रित रहेर ज्ञान र अनुभव भएका विशिष्ट व्यक्तिहरूसँग अनलाइन लाइभ कार्यक्रम सञ्चालन गर्ने भएको छ। एनआरएनए क्षेत्रीय समिति चिबाका सचिव सरोज गिरीका अनुसार, पहिलो एपिसोडका रूपमा जापानमा रहेका विदेशी नागरिकहरूका लागि हाल परिमार्जित नियम/कानुनसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना...
एनआरएनए जापान कान्साईद्वारा नयाँ वर्ष २०२६ को अवसरमा सांगितिक कार्यक्रम आयोजना गर्ने
टोकियो,जापान। एनआरएनए कान्साईको आयोजनामा आगामी नयाँ वर्ष सन २०२६ को शुभ अवसरमा भव्य सांगितिक कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरूलाई सहभागी गराइने तयारी भइरहेको बताईएको छ। एनआरएनए जापान कान्साईका उपसंयोजक तथा नयाँ वर्ष विशेष कार्यक्रमका संयोजक शंकर भुषालका अनुसार आगामी जनवरी १ तारिखका दिन हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य कान्साई क्षेत्रमा बसोबासरत नेपाली समुदायबीच आपसी सद्भाव र...

