टोकियो,जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि एसिया–प्यासिफिक क्षेत्रीय संयोजक (Regional Coordinator) पदमा दिपक प्रसाद कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
कँडेलले स्थापनाकालदेखिको एनआरएनएको मर्म र भावनालाई आत्मसात् गर्दै आफू विगत एक दशकदेखि अभियानमा निरन्तर क्रियाशील रहेको उनले उल्लेख गरेका छन्।
सन् २०१५ मा एनआरएनए जापानको कार्यसमिति सदस्यबाट संस्थागत यात्रा सुरु गरेका कंडेल एसिया–प्यासिफिक युवा संयोजक हुँदै हाल उप–संयोजकको जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्। यस अवधिमा संस्थागत अनुभव, अन्तर्राष्ट्रिय समन्वय तथा समुदायसँगको प्रत्यक्ष सहकार्यबाट आफूले महत्वपूर्ण सिकाइ र नेतृत्व अनुभव हासिल गरेको उनले बताएका छन्।
जापानलाई कर्मथलो बनाएर व्यवसायसँगै सामाजिक सेवामा समर्पित रहँदै आएका कंडेलले एनआरएनए अब केवल परिचयमै सीमित नभई परिणाममुखी, पारदर्शी र प्रभावकारी संस्थाको रूपमा रूपान्तरण हुनुपर्ने आवश्यकता औँल्याएका छन्। यही सोच र दृढ संकल्पका साथ आफ्नो उम्मेदवारी अघि सारेको उनको भनाइ छ।
उनले आफ्ना मुख्य प्रतिबद्धताहरू सार्वजनिक गर्दै विदेशमा हुर्कँदै गरेका दोस्रो तथा तेस्रो पुस्ताका नेपाली बालबालिकालाई भाषा, संस्कृति र पहिचानसँग जोड्न ‘ग्लोबल वक्तृत्वकला’ जस्ता सिर्जनात्मक कार्यक्रममार्फत विशेष पहल गर्ने योजना प्रस्तुत गरेका छन्। साथै, एनआरएनएलाई युवामैत्री बनाउँदै युवा ऊर्जा र सीपलाई संस्थाको मूलधारमा समाहित गर्ने स्पष्ट कार्ययोजना अघि सारेका छन्।
त्यसैगरी, एसिया–प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरूको सीप, पुँजी र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्ने ‘व्यवसायिक पुल’ निर्माण, संस्थाभित्र पारदर्शिता अभिवृद्धि, प्रविधिमैत्री संस्थागत प्रणाली विकास तथा आपतकालीन अवस्थामा नेपाली श्रमिक र विद्यार्थीका लागि छिटो तथा प्रभावकारी राहत संयन्त्र सुदृढ गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
“म भन्दा माथि हामी र हामी भन्दा माथि संस्था” भन्ने भावनासहित एनआरएनएको गरिमा उच्च राख्न आफू सधैँ प्रतिबद्ध रहने उल्लेख गर्दै कंडेलले विगतमा देखाएको कार्यक्षमता र इमान्दारितालाई विश्वासको आधार मानी आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन सम्पूर्ण डेलिगेट्ससमक्ष विनम्र अनुरोध गरेका छन्।
उनले आफ्नो उम्मेदवारीले एनआरएनएमा नयाँ ऊर्जा, पारदर्शिता र युवा जोस थप्ने विश्वास व्यक्त गर्दै “सबल एनआरएनए, सफल एनआरएनए” को नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




