टोकियो,जापान। “Give to Gain” भन्ने मूल नारासहित तथा “नारीको सम्मान राष्ट्रको अभिमान” भन्ने सन्देशका साथ ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस जापानको टोकियोमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ। कार्यक्रम आगामी मार्च ७ (शनिबार) दिउँसो १२:०० बजेदेखि मेगुरोस्थित २ Chome-४-३६, Meguro City, Tokyo १५३-००६३ मा आयोजना हुने आयोजकले जनाएको छ।
कार्यक्रमको आयोजना गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले गरेको हो भने सह–आयोजकका रूपमा साहित्यिक चौतारी नेपाल जापान शाखा र नेपाली राजदूतावास टोकियो रहेका छन्। कार्यक्रममा नारी सम्मान, सशक्तीकरण, समान अधिकार तथा समाज निर्माणमा महिलाको भूमिकाबारे विचार–विमर्श, विशेष वक्तव्य तथा सांस्कृतिक प्रस्तुति समावेश गरिने जनाइएको छ।
जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई नारी सशक्तीकरणको सन्देश फैलाउन आयोजकले आग्रह गरेको छ। विदेशमा रहेर पनि आफ्नो पहिचान, संस्कार र सामाजिक जिम्मेवारीलाई मजबुत बनाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




