गैरआवासीय नेपाली संघ जापान, कान्साईद्वारा हेल्पलाइन नम्बर सार्वजनिक
ओसाका/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए) जापान, क्षेत्रीय समिति कान्साईले यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई समस्या तथा भैपरि आउने अप्ठ्यारोको लागि जीवनयापनमा सहज बनाउनका भनेर हेल्पलाइन नम्बर सार्वजनिक गरेको छ। संघले कान्साई क्षेत्रमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आकस्मिक अवस्था, सामाजिक समस्या वा अन्य आवश्यकतामा तुरुन्त सहयोग पुर्याउने उद्देश्यसहित विभिन्न क्षेत्रगत सम्पर्क व्यक्ति तोकेको जनाएको छ। समुदायलाई आवश्यक परेको बेलामा...
एनआरएनए जापानले कार्यलय सचिव नियुक्त गर्यो,संघको कार्यालयमार्फत नियमित सेवा प्रवाह गर्ने उद्देश्य
टोकियो/ जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धता अनुरूप ‘कार्यालय सचिव’नियुक्त गर्ने निर्णयलाई सेप्टेम्बर १ देखी कार्यान्वयनमा ल्याएको छ। संघले टोकियोको शिनओकुबोस्थित कार्यालयमा नियमित रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले कार्यलय सचिवमा संचारकर्मी समेत रहेका सुजन पन्तलाई नियुक्त गरेको प्रवक्ता रबिन शर्माले जानकारी गराए। प्रवक्ता शर्माका अनुसार, अबदेखि सचिव पन्तले हरेक सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजे देखी...
टोकियोमा नेपाली संघ-संस्थासँग भेटघाट तथा अन्तरक्रिया सम्पन्न, नेपाली समुदायबीच सहकार्य सुदृढ गर्ने अपेक्षा
टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा शनिबार टोकियोको सिनओकुबोस्थित मुरा हलमा “संस्थागत एकता, समृद्धि र सम्भावना” भन्ने मूल उद्घोष सहित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको सभाध्यक्षता रहेको कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो भने, एनआरएनए अन्तरिम समिति अध्यक्ष महेश श्रेष्ठ र आइसिसी उपाध्यक्ष रोबिन सेरचन...
एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने विजयी,महासचिवमा श्याम कुमार श्रेष्ठ
टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति चयन गरिएको छ। आज २७ जुलाई आईतबार सम्पन्न निर्वाचनको मतगणना पश्चात् सुभाष लामिछाने अध्यक्ष पदमा विजयी भएका छन्। लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त गर्दै प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका थिए। त्यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल निर्वाचित भएका छन्...
एनआरएनए कान्तो पहलमा मृतक शर्मिला पाईजाको शव नेपाल पठाइयो
टोकियो/ जापान । बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–६ चामी दुवार स्थायी ठेगाना भई रोजगारीको सिलसिलामा जापानको इबाराकीकेन, युकीसी, युकी सानकोपो साकायामा बस्दै आएकी शर्मिला पाईजाको शव अन्ततः जापानबाट नेपाल पठाइएको छ। पाईजा मिति २०८२ साल असार ३० गते (2025/06/30) मा नियमित गर्भजाँचका लागि Akiba Obstetrics and Gynecology Hospital, Koga, Ibaraki गएकी थिइन्। गर्भमा रहेको शिशुको तौल नबढेकोले त्यही दिन साँझ चिकित्सकको...
ओकिनावाबाट एनआरएनए जापान क्षेत्रीय सचिवमा ज्ञानेन्द्र भट्टको उम्मेदवारी
टोकियो/ जापान । “यात्रा क्षेत्रदेखि केन्द्रसम्म – सुदृढ, सशक्त र सबैको साझा एनआरएनए” भन्ने मूल नाराका साथ ओकिनावा क्षेत्रबाट ग्यानेन्द्र भट्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएन अभियानमा लामो समयदेखि सक्रिय रहेका भट्टले ओकिनावा क्षेत्रलाई आजको अवस्थामा ल्याउन विभिन्न अग्रज अभियन्ताहरू, एनआरएनए जापान नेतृत्व तथा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूको...
एनआरएनए जापानको केन्द्रीय सदस्यमा सेन्दाइबाट अनिल गिरीको उम्मेदवारी घोषणा
टोकियो/ जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल २०२५–२०२७ को निर्वाचनका लागि मियागीस्थित सेन्दाइ शहरबाट अनिल गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी भिसामा जापान प्रवेश गरी शैक्षिक यात्रा सम्पन्न गरेका गिरीले जापानी कम्पनीमा केही वर्ष कार्यानुभव बटुलेपछि हाल नेपाली समुदायमा सामाजिक अभियन्ताका रूपमा सक्रिय छन्। साथै उनी जापानमा व्यवसायसमेत सञ्चालन गर्दै आएका छन्। गिरी सन् २०१७ देखि एनआरएनए...
एनआरएनए जापानको केन्द्रिय सदस्यमा युवा ब्यवसायी सुर्य लामीछानेको उम्मेदवारी
टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एन आर एन ए ) जापानको १२ औ राष्ट्रिय महाधिबेशनमा युवा ब्यवसायी सुर्य लामीछानेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । रोजगारीको शिलसिलामा सन २००७ सालमा जापान आएका लामीछानेले केहि बर्ष जागीर गरेर आफुले आर्जन गरेको ज्ञान, सिप र अनुभबले आफ्नै ब्यवसाय गर्ने मनसायले सन २०१४ मा ब्यवसाय सुरु गरेका थिए । निरन्तरको मेहनत, लगनशिलता र इमान्दारीताले...
एनआरएनए जापानको आगामी कार्यकालको सचिव पदमा विनय गरुङको उम्मेदवारी
टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन् २०२५–२०२७) का लागि सचिव (खुल्ला) पदमा विनय गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङ निवर्तमान कार्यसमिति(२०२३-२५) को केन्द्रीय सदस्य हुन, साथै, ‘तमू धीं जापान’का महासचिव, आदिवासी जनजाति महासंघ जापान शाखाका कान्तो क्षेत्रीय सचिव, र दोलखा समाज जापानका पूर्व सचिव समेत रहिससकेका छन् । गुरुङ सामाजिक कार्यहरुमा निकै अघी सरेर काम...
एनआरएनए जापान निर्वाचन: सेवा भावको थलो कि शक्ति आर्जनको अखडा ?
अहिले जापानमा गैरआवासीय नेपाली संघ(एनआरएनए) को चुनावले निकै चहलपहल ल्याएको छ। उम्मेदवारहरू सामाजिक सञ्जाल, तथा मिडिया अन्तरक्रियामा चुनावी नारासहित सक्रिय छन्। हरेक उम्मेदवारको प्रतिबद्धता झट्ट हेर्दा उत्कृष्ट नै देखिन्छ। तर त्यो प्रतिबद्धता पनि, नेपालकै राजनीतिक शैली झैँ, चुनावमुखी भाषण र आश्वासनमै सीमित हुने बिगतले बताइसकेको छ।विगतमा पनि यस्तै नाराले जापान देखि नेपालसम्म गुन्जयमान हुन्थ्यो। विद्यार्थीका भोक र ऋण : कसको...

