टोकियो/ जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धता अनुरूप ‘कार्यालय सचिव’नियुक्त गर्ने निर्णयलाई सेप्टेम्बर १ देखी कार्यान्वयनमा ल्याएको छ।
संघले टोकियोको शिनओकुबोस्थित कार्यालयमा नियमित रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले कार्यलय सचिवमा संचारकर्मी समेत रहेका सुजन पन्तलाई नियुक्त गरेको प्रवक्ता रबिन शर्माले जानकारी गराए। प्रवक्ता शर्माका अनुसार, अबदेखि सचिव पन्तले हरेक सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजे देखी बेलुकी ५ बजेसम्म (शनिबार, आइतबार र सार्वजनिक विदा बाहेक) कार्यालयमा नियमित उपस्थिति जनाउँदै सेवा दिनेछन्।
अब जापानभर रहेका नेपालीहरुले एनआरएनए जापानसँग सम्बन्धित विविध जानकारी, कानुनी तथा दूतावास समन्वयका आवश्यकता, दैनिक जीवनसँग जोडिएका समस्याहरु तथा अन्य परामर्शका लागि कार्यालयमै आएर वा फोन र म्यासेजमार्फत प्रत्यक्ष रूपमा जानकारी लिन सक्ने बताईएको छ।
एनआरएनए जापानले यो सेवाका लागि हटलाइन नम्बर 080-6352-8286 सार्वजनिक गरेको छ। यदि फोन व्यस्त भएमा वा कार्यालय समय बाहिर परेमा, सोही नम्बरमा भाईबर मार्फत म्यासेज गरेर पनि सेवा लिन सकिने व्यवस्था गरिएको छ। साथै, संघको आधिकारिक फेसबुक पेजमार्फत पनि सम्पर्क गर्न सकिनेछ।
कार्यालय सचिवको उपस्थितिले जापानवासी नेपालीहरुका दैनिक समस्यामा सहजता ल्याउने, आवश्यक सहयोग र समन्वयमा तीव्रता ल्याउने र समुदायसँग प्रत्यक्ष सम्वाद कायम गर्ने काममा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
संघले यो कदमलाई घोषणापत्र अनुरूपको प्रतिबद्धता कार्यान्वयनको एक उदाहरण बताउँदै आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र सेवा–मुखी कार्यक्रमहरूमा अझ सक्रियता ल्याउने प्रतिबद्धता जनाएको छ। अध्यक्ष सुभाष लामिछानेले, सबै मिलेर यो अभियानलाई ‘सम्भव’ बनाउन पुनःआग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




