टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति चयन गरिएको छ। आज २७ जुलाई आईतबार सम्पन्न निर्वाचनको मतगणना पश्चात् सुभाष लामिछाने अध्यक्ष पदमा विजयी भएका छन्। लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त गर्दै प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका थिए।
त्यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल निर्वाचित भएका छन् । उनले ६ हजार ४ सय १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कृष्ण गैरै शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरेका थिए। त्यस्तै गरि महासचिव पदमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) विजयी भएका छन् ॉ श्रेष्ठले ६ हजार ३ सय ८४ मत प्राप्त गरे भने प्रतिस्पर्धी विश्वास गौतम (खगराज गौतम)ले ५ हजार ९ सय ६१ मत प्राप्त गरेका थिए।
अन्य नव निर्वाचित पदाधिकारीहरूमा,वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, क्षेत्रीय उपाध्यक्षमा – विष्णु प्रसाद सुवेदी (विश्व), उपाध्यक्षमा मुक्तिराम खनाल(बिनोद) दिलिप कँडेल र दिपक सुनार चयन भएका छन् । त्यसैगरि सचिव (खुला)मा नेत्र पाण्डे, तथा दिल्लि प्रसाद सापकोटा, क्षेत्रीय सचिवमा – सागर कार्की, कोषाध्यक्षमा – मुक्तिराज रेग्मी, क्षेत्रीय सह-कोषाध्यक्षमा सन्दिप जिसी, खुला सह-कोषाध्यक्ष: रामु कँडेल तथा युवा संयोजकमा दिपक बुर्जा मगर रहेका छन् । यसैगगि आजको निर्वाचनबाट निर्वाचित सदस्यहरुमा – मिलन अर्याल,कमलेश जीसि,नबीनदिप गुरुङ,निराजन मल्ल,कृष्ण प्रसाद भुषाल,भिम बहादुर बुढाथोकी,सुरेश सापकोटा,प्रकाश विश्वकर्मा,शंकर सुवेदी र कुशल पौडेल रहेका छन् ।
जापानबाट आईसिसिमा प्रतिनिधित्व गर्ने ८ जना सदस्यहरु भने यस अघिनै निर्विरोध चयन भइसकेका छन् । यसरी निर्विरोध चयन हुनेहरुमा कृष्ण केसी,टिकाराम कँडेल,राम बहादुर खत्री,शिवहरि पौडेल,यदुराम सापकोटा,राजकुमार अधिकारी,सुमन कार्की र राम बहादुर थापा रहेका छन्। यसैगरि यस अघिनै निर्विरोध हुनेहरुमा – लेखा तथा अनुशासन समितिको संयोजकमा सचिन श्रेष्ठ,महिला उपाध्यक्षमा अन्जु भण्डारी,महिला सचिवमा ललिता तामाङ,महिला सहकोषाध्यक्षना कामना भण्डारी,महिला संयोजकमा मञ्जु बन तथा महिला सदस्यद्वय अर्याल र सन्तोषी अधिकारी,लेखा तथा अनुशासन समितिको सदस्यहरु कृष्णप्रसाद कँडेल र अशोक निरौला रहेका छन् ।
तिलक मल्ल आयुक्त रहेको ३ सदस्यीय निर्वाचन समितिले अमेरिकी कम्पनी भोताजको सिस्टममार्फत भर्चुअल भोटिङ गराएको थियो ।
निर्वाचन नतिजा सम्बन्धि बिस्तृत जानकारी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




