टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा शनिबार टोकियोको सिनओकुबोस्थित मुरा हलमा “संस्थागत एकता, समृद्धि र सम्भावना” भन्ने मूल उद्घोष सहित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको सभाध्यक्षता रहेको कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो भने, एनआरएनए अन्तरिम समिति अध्यक्ष महेश श्रेष्ठ र आइसिसी उपाध्यक्ष रोबिन सेरचन विशिष्ट अतिथि रहेका थिए।

एनआरएनए जापानका प्रवक्ता रबिन शर्माले नेपालन्युजपोस्टलाई बताए अनुसार , कार्यक्रममा सम्बोधनका क्रममा प्रमुख तथा विशिष्ट अतिथिहरूले एनआरएनए जापानले समुदायबीचको एकता, सहकार्य र संस्थागत समृद्धिलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै भविष्यका सम्भावनाबारे महत्वपूर्ण विचार व्यक्त गरे। त्यस्तै, जापानमा सक्रिय विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले आफ्ना धारणा राख्दै साझा उद्देश्य, भावी रणनीति र सहकार्यका आयामबारे विस्तृत छलफल गरेका थिए। सहभागीहरूले विशेषगरी संवाद, समन्वय र साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य, संस्थागत परिचय, शुभकामना मन्तव्य, अतिथिहरूको सम्बोधन तथा खुला अन्तरक्रिया तथा प्रश्नोत्तर सत्र समेत रहेको थियो।सभाध्यक्ष सुभाष लामिछानेले सबै अतिथि, सहभागी तथा सहयोगी संघ–संस्थाप्रति आभार प्रकट गर्दै संस्थागत एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

सक्रिय संघ–संस्थाको उत्साहजनक सहभागिता र गहन विचार/विमर्शबीच सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जापानस्थित नेपाली समुदायबीचको सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रम एनआरएनए जापानका महासचिव श्याम सितलले संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




