टोकियो/ जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल २०२५–२०२७ को निर्वाचनका लागि मियागीस्थित सेन्दाइ शहरबाट अनिल गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

विद्यार्थी भिसामा जापान प्रवेश गरी शैक्षिक यात्रा सम्पन्न गरेका गिरीले जापानी कम्पनीमा केही वर्ष कार्यानुभव बटुलेपछि हाल नेपाली समुदायमा सामाजिक अभियन्ताका रूपमा सक्रिय छन्। साथै उनी जापानमा व्यवसायसमेत सञ्चालन गर्दै आएका छन्।

गिरी सन् २०१७ देखि एनआरएनए जापानसँगै विभिन्न सामाजिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनी एनआरएनए सेन्दाइका निवर्तमान उप–संयोजक र हेल्प डेस्क संयोजक हुन् । यसअघि बारा समाज जापानका अध्यक्ष तथा नेपाल–जापान फ्रेन्डशिप लायन्स क्लब मियागीका कोअर्डिनेटरको जिम्मेवारी पनि सम्हालीसकेका छन्।

“कम बोल्ने, बढी गरेर देखाउने” मान्यतासहित अघि बढ्ने बताउँदै गिरीले पारदर्शिता, सेवा र समावेशिता मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरेका छन्। जापानभर रहेका नेपालीबीच सहकार्य, सूचना आदानप्रदान, सामाजिक सुरक्षा र सांस्कृतिक एकताको प्रवर्द्धन गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

विद्यार्थी, श्रमिक र व्यवसायी वर्गको हक–हितमा काम गर्ने अनुभव सुनाउँदै उनले एनआरएनए जापानलाई “साझा नेपालीको साझा घर” बनाउने दृष्टिकोण सार्वजनिक गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार