टोकियो,जापान। एनआरएनए कान्साईको आयोजनामा आगामी नयाँ वर्ष सन २०२६ को शुभ अवसरमा भव्य सांगितिक कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरूलाई सहभागी गराइने तयारी भइरहेको बताईएको छ।
एनआरएनए जापान कान्साईका उपसंयोजक तथा नयाँ वर्ष विशेष कार्यक्रमका संयोजक शंकर भुषालका अनुसार आगामी जनवरी १ तारिखका दिन हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य कान्साई क्षेत्रमा बसोबासरत नेपाली समुदायबीच आपसी सद्भाव र एकता सुदृढ गर्नुका साथै भइपरी आउँदा उपयोग हुने उद्देश्यले अक्षय कोष निर्माण गर्नु रहेको रहेको छ।
सांगीतिक कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले प्रस्तुति दिने र जापानमा रहेका नेपाली समुदायका स्थानीय कलाकारहरूले पनि सहकार्य गर्ने जनाइएको छ।कार्यक्रमका सम्पूर्ण विवरण र कलाकारहरूको सूची छिट्टै सार्वजनिक गरिनेछ।
एनआरएनए कान्साईले यसअघि पनि विभिन्न, सामाजिक र मानवीय उद्देश्यका कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले जापानमा रहेका नेपाली समुदायबीच एकता र सहयोगको भावना बलियो बनाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




