साउदीमा जेलमा रहेका प्रेमबहादुर राई (बायाँ) र पत्नी सरिता राई । तस्वीर : होम,कान्तिपुरबाट

माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् ।

साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाईरहेकी छिन् ।

प्रेमबहादुर कम्पनीलाई ३ लाख १० हजार रियाल (झन्डै ९० लाख रुपैयाँ) भुक्तान गरेपछि मात्रै जेलबाट छुट्ने छन् ।

पति साउदी जेलमा थुनिएपछि उनको मन स्थिर छैन ।

‘उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ,’ सरिता भन्छिन्, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन। मलाई दैनिक घरको खर्च चलाउन नै मुस्किल छ। त्यत्रो रकम कहाँबाट ल्याउने ?’ आजको कान्तिपुरमा यो खबर छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार