राजविराज, २६ पुस । एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले आज जनाएको छ ।
अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर दुई बालबालिकासहित २० जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जाडोबाट जोगिनका लागि कम्बल तथा राहतका सामग्री वितरण कार्य शुरु गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा गठित टोलीले तीनवटा स्थानीय निकाय हनुमानगनगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र महदेवा गाउँपालिको २०० अति विपन्न र दलित बस्तीमा रेडक्रसको सहयोगमा कम्बल वितरण गरेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।
जिल्लाको महदेवा गाउँपालिका–१ पकरीको दलित बस्तीमा ५५, तिलाठी कोइलाडी–७ को मंसापुरको मरिक टोलमा १३ र वडा नं ८ तोपाका दलित बस्तीका ४३ र हनुमाननगर कंकालनी–११ इनरुवाको ६० घरपरिवारमा जाडोबाट जोगिन न्यानो कपडा तथा कम्बल वितरण गरेको उनले जानकार िदिए ।
यसैगरी हनुमानगर कंकालनी नगरपालिका–१३ गोवरगढाका ४५ जना दलित बस्तीका असहाय, गरिब र विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको नगरप्रमुख शैलेश शाहले बताए ।
सो टोलीमा हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साह, तिलाठी कोइलाडीका प्रमुख शतिश सिँह, सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादव, प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरी सह–सचिव चन्दन यादव, रेडक्रस सप्तरी रिमु चौधरी, सप्तरी युथ नेपालका विष्णु यादवलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




