–  विश्वबाट लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातीका चरा नवलपरासीमा भेटिएको छ । लोपोन्मुख अवस्थामा रहेको गरुण प्रजातीको भुडीफोर, लोभिपापी गरुण र हांस प्रजातीको कैलो टाउके हांस नामक चरा नारायणी नदी किनारमा देखापरेको हो ।

आईतबार र सोमबार नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा गरिएको चरा गणनामा विश्वबाट नै लोप हुन लागेका तीन प्रजातीका लोपोन्मुख चरा देखिएको पश्चिम सेक्टर चरा गणनाका संयोजक पन्छीविद् डीवी चौधरीले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष भन्दा यस वर्ष नवलपरासीको नारायणी नदी र सिमसार क्षेत्रमा जलचर र अन्य चराको संख्या समेत उल्लेख्य बढेको उहाँले बताउनुभयो । जाडो छल्न विभिन्न देशबाट यस क्षेत्रमा पन्छी आउने भएकाले हरेक जनवरीमा पन्छी गणना गर्ने गरिन्छ । यस वर्ष नारायणी आसपासमा ३९ प्रजातीका ४५ प्रकारका पन्छी देखा परेको छ ।

सरकार आफैले आफ्नो देशमा रहेका पन्छीको यथार्थ तथ्याङक राख्न नसकिरहेको अवस्थामा सन १९८७ देखि निरन्तर टाईगर टप्र्सले चरा गणना गर्दै आईरहेको छ । गणनाका क्रममा सबैभन्दा बढी चखेवा चरा भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार