१० में, टोकियो । जापान आएर विभिन्न पेशा व्यवसायमा संलग्न किरात राईहरूले प्रकृति पुजा तथा उभौली पर्व भव्यरूपमा मनाउने भएका छन् ।
किरात राई यायोक्खा जापानको आयोजनामा आगामी मे २१ तारिक आईतबारका दिन उभौली पुजासँगै साकेला सिली नाँच अर्थात येले सम्वत ५०७७ र भूमी पूजा एकै साथ मनाउन लागेका हुन् ।किरात राई यायोक्खा जापानका अध्यक्ष राजकुमार राईका अनुसार प्रवासमा रहेता पनि आफ्नो मौलिक चार्डपर्वको जगेर्ना र नयाँ पिढीलाई समेत जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।
टोकियो हाईजिमा आकिसिमा सिजेन पार्कमा  हुने कार्यक्रममा टोकियो सहित विभिन्न क्षेत्रमा रहने किरात राईहरूबीच परिचयात्मक कार्यक्रमको समेत आयोजना गरिने जनाईएको छ ।साथै सोही दिन वारविक्युको कार्यक्रम समेत रहेको अध्यक्ष राईले जानकारी गराए ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन जापानवासी नेपालीहरूमा समेत सहभागिताका लागि आयोजकले अपिल गरेको छ । साथै किरात राई समुदायका महानुभावहरूका लाग विविध सांस्कृतिक तथा नाचगान समेत भएकाले जातिय पहिरनमा सहभागि भईदिन हुन आयोजकले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार