काठमाडौं, ७ बैशाख । प्रदेश नम्वर ४ अन्र्तगतको मनाङ जिल्लाको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ ।
बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदरखोरमा पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो ।
२०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समुहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समूहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घट्नामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङ्गेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मनाङ्गेलाई बिहीबार साँझ काठमाडौंका स्वयंभुबाट नियन्त्रणमा लिएर शुक्रवार अदालतमा उपस्थित गराएको थियो ।
यसअघी जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम दुई बर्ष कैद भुक्तान गरिसकेका मानाङ्गे अब तीन बर्ष जेल बस्नेछन् ।
जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङ्गे समुह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्धा दायर गरेको थियो ।
पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो ।
२०६१ सालमा चक्रे मिलनको हात काटेको घट्नामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई गत माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको थियो ।
सरकारी पक्षले २०७० जेठमा फेरी पुनरावदेन अदालत पाटनको फैसलामामाथि पुनरावलोकन माग गर्दै मनाङ्गे बाहेक अन्य चारजनालई पनी कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए ।
सोही मुद्धाको फैसलाका क्रममा गत माघ २ गते चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीस दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङ्गेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




