२१ मे, टोकियो । नेपाल पत्रकार महासंघ जापान र जापानमा कृयाशील नेपाली संघसंस्थाका प्रतिनिधीहरु बिच बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार टोकियोको सिनअोकोबुमा आयोजीत कार्यक्रममा जापानमा कृयाशील संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो । सय भन्दा बढी संघसंस्था रहेको जापानमा पत्रकार र संघसंस्थाबिचको सम्बन्धलाई सुदृढ बनाउँदै सुचना सम्प्रेषणलाई प्रभाकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । शाखाका अध्यक्ष मोहन घलेको सभापतित्व तथा नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा,गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा, नेपाल पर्यटन बोर्डको जापानका लागि अवैतनिक पर्यटन प्रतिनिधि अनुज थापा, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य पवनवर्षा साह अतिथि रहेका थिए ।
कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधिहरुले जापानमा पत्रकारीकारीताले निकै नै महत्वपूर्ण भूमिका खेलेको बताए । यद्यपी सुचना सम्प्रेषणमा भने पूर्ण निष्पक्ष र त्रृटी रहित हुन नसकेकोमा गुनासो पनि गरे ।खासगरी जापानबाट प्रकाशित हुने समाचारमा व्यक्ति विशेष प्रभाव पर्ने गरेको र कहिले काँही वास्तविक समाचारलाई राजनितिक आधारमा तोडमोड गरिदिने गरेको आरोप पनि लगाए । कतिपय संस्थाका प्रतिनिधिहरुले भने आफुभित्र पनि अनगिन्ति समस्याहरु रहेको स्विकार गर्दै आगमिदिनमा पत्रकारहरुसंगको समन्वय र सहकार्यमा कटिबद्द रहने प्रतिबद्दता व्यक्त गरे । कार्यक्रममा सहभागि प्रवासी नेपाली मञ्च जापानका महासचिव सुरेश केसी,बाँके वर्दिया मैत्री,समाजका अध्यक्ष जनकविक्रम शाही,स्याङ्जा समाज जापानका अध्यक्ष सागरमणि भण्डारी,पाल्पा,समाज जापानका अध्यक्ष निरन्जन गैरे,गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी,नेपाली जन प्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाही,धादिङ समाज जापानका अध्यक्ष कृष्ण प्रसाद खनाल,नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पुष्करजंग थापा,एभरेष्ट ईन्टरनेशनल स्कुल जापानका अध्यक्ष डाक्टर भूपाल मान श्रेष्ठ,यूथ फर अल जापानका उपाध्यक्ष राजन पन्त,किराँत याक्थुङ चुम्लुङ जापानका सचिव मनकुमार तुम्सा,पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष सुभाष प्रसाद लोहनी,राप्ती सोसाइटी जापानका संयोजक विशेश्वर रेग्मी,जनप्रगतिशील मन्च जापानका सचिव जनक सुवेदी,नेपाल इकोनोमिक्स अर्गनाइजेसनका अध्यक्ष जीवनराज भण्डारी,तमु धीं जापानका अध्यक्ष श्री भक्त गुरुङ,म नेपाली ग्रुपका प्रतिनिधी इन्दिरा गौतम,ओएनएफ जापानका कार्यवाहक अध्यक्ष वावुराम भण्डारी,नेपाली जनसम्पर्क समितिका महामन्त्री रामजंग कार्की,अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयोजक पदम ठगुन्ना,जापान नेपाली एकता समाजका प्रतिनिधी मानवहादुर क्षेत्री,कास्की पोखरा समाजका कार्यवाहक अध्यक्ष विश्व सुवेदी लगाएत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले आफ्नो विचार राखेका थिए ।
(भिडियो )



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




