काठमाडौं, १० साउन । सरकार र अनसनरत डा. गोविन्द केसीबीच भएको भनिएको सहमतिले आज अन्तिम रुप पाउन सकेन ।
काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने कि नलगाउने भन्नेमा सहमति हुन नसकेपछि सहमति भैसकेको भनिएको वार्ताले अन्तिम रुप पाउन नसकेको हो ।
१० वर्षे आशय पत्र नदिन दुबै पक्ष सहमत भएका छन् । तर, सम्बन्धनको हकमा प्रतिबन्ध लगाउन सरकार तयार नभएको डा. केसीको वार्ता टोलीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
डा. केसीले भने यो माग पूरा नहुने हो भने आफ्नो अनसन जारी रहने बताएको वार्ता टोलीका सदस्य डा. सुरेन्द्र भण्डारीले बताए । उनले भने, ‘डा. केसीको अडान १० वर्षसम्म सम्बन्धन दिनु हुँदैन भन्ने छ । सरकारले १० वर्ष हटाइनुपर्छ भन्ने छ । यही कुरामा वार्ता अड्किएको छ ।’
यसबारे छलफलका लागि फेरि बालुवाटार बोलाइएको वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहले जानकारी दिए ।
वार्तामा सम्बन्धनको एउटा विषयलाई इगो नबनाउन र माग सम्बोधन गर्न आग्रह गर्ने भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




