काठमाडौं, ७ पुस । ललितपुर प्याट्रियट्सले भैरहवा ग्ल्याडीयटर्सलाई १४ रनले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ ।
ललितपुरले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले ९ विकेट गुमाउँदै १ सय ४१ रनमात्र जोड्न सकेपछि ललितपरले १४ रनको रोमाञ्चक जित निकालको हो । भैरहवालाई अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक भएपनि ३ विकेट गुमाउदा २ रन मात्र जोड्न सक्यो ।
भैरहवाका लागि ओपनर प्रदीप ऐरीले ३४ रन बनाए । रविइन्दर सिंहले २९ रन बनाए । भैरहवाका अन्य शरद भेषवाकर र रायन टेन डेस्काटेले समान १४ रन बनाउदा आरिफ शेखले १२ रन बटुले । मोहम्मद नविदले १० रन बनाए । रोहित कुमार पौडेल ७ र कुशल मल्लले १६ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । ललितपुरका ललितनारायण राजवंशीले ३ विकेट लिए । पवन सर्राफले २ विकेट तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको ललितपुरले ओपनर जय किशन कोल्सावालाको अर्धशतकमा १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । कोल्सावालाले ५७ रन जोडे । गौरव तोमर २३ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा पेभिलियन फर्किए । सन्दीप जोरा २४ रनमा आउट भए । कोल्सावाला बाहेक ललितपुरका अन्य ब्याट्सम्यान राम्रो प्रर्दशन गर्न सकेनन् । ललितपुरका अन्य कुशल भुर्तेल ११, पवन सरार्फ ५, सोनु तामाङ र योगेन्द्र सिंह कार्कीले समान ३ रन बनाउदा राशिद खान र ललित नारायण राजवंशीले खाता सम्म खोल्न सकेनन् ।
भैरहवाका लागि कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै मोहम्मद नविद र रायन टेन डेस्काटेले समान दुई लिदा शरद भेषवाकर र भुवन कार्कीको नाममा पनि १ विकेट रह्यो ।
च्याम्पियन बनेसँगै ललितपुरले २५ लाख प्राप्त गर्दा उपविजेता बनेको भैरहवाले १० लाखमा चित्त बुझायो । भैरहवाका रविइन्दर सिंह खेलको म्यान अफ दि सिरिज घोषित भए । उनले एक थान आरटिआर मोटरसाइकल प्राप्त गरे ।
१ पुसबाट सुरु भएको प्रतियोगितामा ६ शहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरेका कािए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार