यतिबेला समाजिक सञ्जाल फेसबुक र युट्युबमा एउटा भिडियो भाइरल बनिरहेको छ । फुल केस स्टडी अफ नेपाल शिर्षकको यो भिडियो भारतीय मोटिभेस्नल स्पिकर डा. विवेक बिन्द्रा ले बनाएका हुन् ।

अहिले धेरै नेपालीले यो भिडियो सेयर गर्दै सरकारलाई गाली गलौँच गरिरहेका छन् । कतिपयले आफ्ना सर्कलका साथीहरुलाई इन्बक्स मार्फत भिडियो फर्वाड गरिरहेका छन् । भिडियो नेपालीहरु माझ यति धेरै लोकप्रिय बनिरहेको छ कि यो भिडियो सामाग्री तयार पार्दासम्म नेपालको ट्रेन्डिङ नम्बर १४ सम्म पुगिसकेको छ ।

यो भिडियो झण्डै १० लाख पटक हरिएको छ भने १६ हजार भन्दा बढी प्रतिक्रियाहरु आएका छन् । करिब १५ मिनेटको यो भिडियोमा नेपालको अवस्था एकदमै नाजुक भनेर चित्रण गरिएको छ ।

भिडियोमा प्रस्तुत गरिएको तथ्याङ्क र अन्य कुराहरुलाई नजरअन्दाज गर्दा बिन्द्राले करिब १५ वर्ष अगाडिको नेपालको बारेमा उल्लेख गरेको देखिन्छ । त्यसकारण यतिबेला नेपालको वर्तमान अवस्था बारे जानकारहरु भिडियोले नेपालको भ्रामक प्रचार गरेको भन्दै प्रतिवाद गरिरहेका छन् ।

हेर्नुस् केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियोमा


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार