काठमाडौं, १५ जेठ । सरकारले सीतापाइला/नौबिसे सुरुङमार्गको निर्माणका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ । ब्यवस्थापिक संसदमा बजेट घोषणा गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमार्ग निर्माणका लागि झण्डै ६ अर्ब बजेट बिनियोजन गरिएको बताए । सरकारले अन्य सडकहरुका लागि पनि बजेट बिनियोजन गरेको छ । बुटवल–नारायणगढ सडकलाई ४ लेनमा विस्तार गर्न ७ अर्ब ११ करोड बजेट छुट्याइएको छ । त्यसैगरी धरान चतरा(हेटौंडा सडकलाई १३ अर्ब रुपैयाँ विनियोजन गरिएको महराले जानकारी दिए । प्रदेशस्तरीय सडकलाई कम्तिमा दुई लेनको सडक बनाउने घोषणा सरकारले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार