टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले चिवा क्षेत्रीय समिति गठन  गरेको छ ।

आइतवार एक भेला गरी क्षेत्र विस्तार गरेको हो, सो भेलाबाट विष्णुप्रसाद सुबेदी संयोजकमा चयन हुनू भएको छ ।उप-संयोजकहरुमा सुरज राई र राजन भट्टराई र महिला उप-संयोजकमा लक्ष्मी केसी,सचिबमा समीर खड़का,सह-सचिबमा गुनराज शर्मा,कोषाध्यक्षमा मुक्तिराज रेग्मी चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा राजु पौडेल,मन्जु गिरी,दिनेश गौतम,शंकर सूबेदी,पिताम्बर गौतम चयन हुनु भएको छ ।

बढ्दो नेपालीहरुको  संख्या र त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै क्षेत्र विस्तार गरेको हो । यस क्षेत्र विस्तार कार्यक्रममा एनआरएनए जापान कान्तो क्षेत्रले विशेष सहयोग गरेको थियो ।चिवामा तदर्थ कमिटि गठन गर्न उपाध्यक्ष शिव प्रसाद पौडेलको संयोजनमा भेला सम्पन्न भएको थियो ।
एनआरएनए जापानको अध्यक्ष टाशी वाङदी लामाको प्रमुख आतिथ्यतामा भएको भेलालाई सचिव जनकबिक्रम शाहीले संचालन गर्नु भएको थियो ।कार्यक्रममा,  एनआरएनए आइसीसी सदस्य महेश श्रेष्ठ,एनआरएनए जापानका उपाध्यक्ष सरोज खत्री ,महासचिव बुद्धि राज घिमिरे लगाएतको  उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार