काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । दशरथ रंगशालामा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गरेकी हुन् ।

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ ।
भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताइन् ।
त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनले बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रमहरु ल्याउन नसके सम्भव नहुने बताइन् । सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविधिकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताइन् । उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले प्रकृतिलाई विगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताइन् । पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिवद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन् ।
त्यस्तै शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए । हाम्रो सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रहरुको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने मन्त्री भट्टराईले बताए ।
विश्वका सबैभन्दा बढी उचाई भएका हिमालहरु नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरु, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताए ।
औपचारिक उद्घाटनअघि विभिन्न संस्कृतिक पक्ष झल्काउने र्याली निकालिएको थियो भने रंगशालामा पनि आकर्षक प्रस्तुति दिइएको थियो ।




प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




