टोकियो/जापान । डिसेम्बर ७ तारिख सोमबार जापानमा एकैदिन १,५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार टोकियोमा २९९ जना,ओसाकामा २२८ जना,होक्काईदोमा १२३ जना,खानागावा केनमा ६५ जना,आईची केनमा १११ जना,चिबा केनमा ५३ जना,
साईतामा केनमा १९१ जना,ह्योगो केनमा १०७ जना,ओकिनवा केनमा १२ जना,सिजुओका केनमा ३५ जना,हिरोशिमा केनमा ४२ जना,ईबाराकी केनमा १२ जनाको उच्च संक्रमण सहित ४७ मध्ये ४२ वटा प्रान्तहरुमा संक्रमित पुष्टि भएको हो ।

जापानमा हालसम्म १ लाख ६५ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ लाख ३४ हजार ४ सय ३४ जनाले स्वास्थ्य लाभ गरेका छन् भने २४ सय ११ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार