काठमाडौं, २९ साउन । देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
आइतबार बिहान १० बजेसम्ममा देशभर गरी ५१ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिएका छन् । विििभन्न जिल्लाबाट ५१ जनाको ज्यान जादा अहिलेसम्म ८ जना बेपत्ता भएका छन् । त्यसैगरी १६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । उनका अनुसार सुनसरीमा ८ जना, रौतहटमा ७ जना, मकवानपुरमा ६ जना, मोरङमा ५ जना, सिन्धुलीमा ४ जना, बाँकेमा ३ जना, सर्लाहीमा २ जना, झापामा ४ जना, सुर्खेतमा २ जना, दाङमा २ जना, बारामा १ जना, धनुषामा १ र पाल्पामा १ जनाको मृत्यु भएको छ । अन्य जिल्लाको विवरण आइनसकेको उनले बताए । यसैबीच गृह मन्त्रालयले हरेक जिल्लामा उद्धार कार्य जारी रहेको जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार