
काठमाडौं, ३० साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ औं पटक अनसनमा बसेका डा. केसीले नयाँ रेकर्ड बनाउन लागेका छन् । डा. केसी अनसन बस्न थालेको आज २२ दिन पुगेको छ ।
सरकारी पक्ष र डा. केसी पक्षबीच सोमबार पनि वार्ता सफल हुन नसके भोलिबाट उनले अनसनको नयाँ रेकर्ड बनाउनेछन् । डा. केसीको श्वास प्रश्वासमा समस्या देखिन थालेको छ । उनी कसैसँग बोल्न सक्ने अवस्थामा छैनन् । मुटुको चालमा समेत उतार(चढाव आइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनको मुटुको गति प्रतिमिनेट २०० भन्दा बढी पुगेको छ । उनलाई २४ सै घण्टा अक्सिजन दिएर राखिएको छ । भेण्डिलेटरसमेत तयारी अवस्थामा राखिएको छ । केसीले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने बताएपछि सरकार अहिले उनको माग पूरा गर्न लागिपरेको छ । तैपनि सहमति जुट्न नसक्दा डा. केसीको स्वास्थ्य गम्भीर मोडमा पुगेको छ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी पहिलोपटक ०६९ साल असार २१ गते अनशनमा बसेका थिए । त्यतिबेला उनको अनसन चार दिनमात्रै चलेको थियो । लगत्तै ०६९ साउन २७ गते केसीले दोस्रो अनसन सुरु गरे । त्यो अनशन भदौ १ गतेसम्म अर्थात ७ दिनमा तोडियो । डा. केसीले तेस्रो अनशन ०७० साल पुस २९ गते सुरु गरे । त्यो अनशन माघ १० गतेसम्म अर्थात १३ दिनसम्म कायम रह्यो । सोही वर्ष डा. केसीले चौथो अनसन सुरु गरेका थिए । त्यसबेला उनी माघ २५ गतेदेखि फागुन ३ गतेसम्म ८ दिन आमरण अनशन बसे । यस्तै, ०७१ साल फाल्गुन ८ डा. केसी पाचौं पटक अनसन बसे, जुन माघ १९ गतेसम्म अर्थात १२ दिनपछि तोडियो । छैटौं अनसनमा भने डा. केसीले जम्मा १३ दिन बिताए । उनी त्यसबेला ०७२ भदौ ७ देखि भदौ १९ सम्म अनसन बसेका थिए । त्यस्तै, ०७२ साल असोज २ गते सातौं अनसन बसेका डा. केसीले ११ दिनपछि अनशन तोडेका थिए । त्यसपछि, ०७३ साल असार २६ देखि साउन १० गतेसम्म (१६ दिन) अनसन बसेका डा. केसीले नवांै अनसनमा १३ दिन र दशौं अनसनमा २२ दिन बिताए । उनको दशौं अनशन कार्तिक २८ गते सुरु भएर मंसिर १९ गतेसम्म रहेको थियो । डा. केसीले दशौं अनसनका क्रममा अहिलेसम्मकै लामो अनसन बसिसकेका छन् । यदि सरकार पक्षले उनको माग सम्बोधन नगर्ने हो भने डा. केसीको यो एघारौं अनशनले विगतका १० वटै अनसनको रेकर्ड तोड्नेछ । डा. केसीले ११ औ अनसनका क्रममा चिकित्सा शिक्षा सुधारका मागहरु अघि सारेका छन् । दशौं अनसनका क्रममा सरकारले आफूसित गरेका सबै सम्झौता कार्यान्वयन गरिनुपर्ने, माथेमा प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधयेक पारित हुनु पर्ने तथा काठमाडौ उपत्यकामा १० वर्षसम्म कुनै पनि मेडिकल कलेज खोलिन नहुने लगायतका माग केसीले राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




