टोकियो ।कोरोना भाईरस नियन्त्रणको प्रयासस्वरुप व्यवसाय चाँडै बन्द गर्ने टोकियो महनगरको आदेश विरुद्ध एक रेस्टुरेन्ट संचालकले महानगर विरुद्ध मुद्दा दायर गरेको छ । ग्लोबल डाईनिङ नामक रेस्टुरेन्टका संचालकले सोमबार महानगर विरुद्ध टोकियो जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जापानको हाल कायम संविधानमा नागरिकलाई व्यवसाय बन्द गर्न तथा समय छोट्याइन जबर्जस्ती बाध्य पार्न पाईने प्रावधान नभएको र महानगरले संविधान प्रद्दत अधिकारमा अंकुस लगाउने विधेयकमा टेकि सो आदेश जारी गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

यस अघि सरकारले कोरोना संक्रमण बढ्दै गर्दा रेस्टुरेन्ट व्यवसायहरुलाई ८ बजे व्यवसाय बन्द गर्न अनुरोध गर्दै आएको थियो । तर केहि व्यवसायीहरुले सरकारले अनुरोध गर्दा पनि व्यवसायहरुको समय नघटाई नियमितरुपमा संचालन गरेको पाईएको थियो । ति रेस्टोरेन्टहरुलाई सरकारको अनुरोध नमान्नुको कारण सोध्दा, उपयुक्त कारण नखुलेका २६ ओटा व्यवसायीहरुलाई ८ बजेभित्र बन्द गर्ने आदेश दिएको थियो ।

संविधानले स्वतन्त्ररुपमा व्यवसाय गर्ने अधिकार प्रदान गरेको भएता पनि विशेष विधेयक नाममा अंकुस लगाएको भन्दै, ग्लोबल डाईनिङका अध्यक्ष हासेगावा कोजोले महानगर माथी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार