
पहिलो नेपाली ओलम्पियन रामप्रसाद गुरुङले झन्डै ६ दशकअघि हङकङमा गोर्खा सैनिकका रूपमा काम गरिरहँदा सन् १९६४ को टोक्यो ओलिम्पिक्समा बक्सिङ खेलमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए।
हाल चितवनको भरतपुरस्थित बरौजीमा अवकाशप्राप्त जीवन बिताइरहेका उनले आफ्नो रोमाञ्चक ओलिम्पिक सम्झना पाँच वर्ष अघि संचार माध्यमहरूसंग साटेका थिए । अहिले ७६ वर्ष पुगेका उनले यसपालिको टोक्यो ओलिम्पिकमा भाग लिइरहेका नेपाली खेलाडीहरूले राम्रो प्रदर्शन गरेको आफूले हेर्न चाहेको बताए।उनले भने, “जसरी नेपालले साग खेलकुदमा पदकहरू जितेको छ र निक्कै नाम कमाएको छ त्यसरी नै जित्ने प्रयास गर्नुहोला। नेपालको झन्डामाथि गर्ने प्रयास गर्नुहोला भन्न चाहन्छु।”रामप्रसादसहित छ जना नेपाली खेलाडीले पहिलो पटक सन् १९६४ को अक्टोबरमा जापानको टोक्योमा आयोजित १८ औँ ओलिम्पिक खेलमा प्रतिस्पर्धा गरेका थिए।उक्त प्रतियोगितामा ब्रिटिश सेनामा काम गरेका चार नेपाली खेलाडीले बक्सिङमा भाग लिन सोझै हङकङबाट टोक्यो आईपुगेका थिए । नेपालबाट भने दुई खेलाडी एथलेटिक्समा छनौट भएका थिए।

टोक्यो ओलिम्पिक्स स्थलमा रहेको सुविधा सम्पन्न बक्सिङ अभ्यास स्थलबाट आफू आकर्षित भएको उनले बताए।उनले भने, “हामीसँग स्यान्डब्यागमा मुक्का हानेको मात्रै अनुभव थियो। तर टोक्योमा अभ्यास स्थलमा विभिन्न उपकरणहरू पनि थिए। त्यसमा हामीले पहिलो पटक अभ्यास गर्यौँ। अरू ओलिम्पिक्स खेलाडीसँग अभ्यास गरेको अझै सम्झना आउँछ।”
ब्रिटिश सेनामा ४ वर्ष काम गरेर घर बिदामा आएका बेला एक दिन रामप्रसादलाई अकस्मात तुरुन्त पल्टनमा फर्कन सन्देश आयो।त्यसबेला उनी चितवनको गीतानगरस्थित आफ्नो घरमा परिवारले भर्खरै किनेको ट्याक्टर लिएर खेत जोत्ने काममा तल्लीन थिए।
सन् १९६४ टोक्यो ओलिम्पिकस नेपालले पहिलो पटक भाग लिएको ओलिम्पिक्स प्रतियोगिता हो
पल्टनमा गाडी चलाउन सिकेका उनलाई घरमा काम गर्न बसेका एकजना ‘भारतीय हवलदार’ले ट्याक्टर चलाउन सिकाइदिएका थिए।कुनै कारण उल्लेख नगरी फौजले बोलाएकाले त्यसको जवाफसमेत नपठाएका रामप्रसाद बिदा सकेर काठमाण्डू फर्कने बित्तिकै उनलाई तुरुन्तै पल्टनमा पठाइयो।
त्यस बेलाको सम्झना गर्दै उनी भन्छन्, “फर्कँदा त पल्टनले मलाई ओलिम्पिक खेलका लागि छानिसकेको रहेछ, त्यहाँ पुगेर लुगा फेर्ने बित्तिकै मलाई सिधै तालिम गर्ने ठाउँमा लगियो।”
हङकङमा सैनिकका रूपमा बक्सिङ खेल्ने गरेका गुरुङलाई ओलिम्पिक्समा भाग लिन जानुअघि त्यहाँको ‘ल्यान्ड फोर्सेस सिक्स गोर्खा राइफल्सले’ वर्षको उत्कृष्ट बक्सिङ खेलाडीको उपाधि दिएको थियो।
रामप्रसादसँगै टोक्यो ओलम्पिक्समा ब्रिटिश सेनामा कार्यरत भीमबहादुर गुरुङ, नमसिंह थापा र ओमप्रसाद पुनले भाग लिएका थिए।हङकङबाट हर्क्युलिस भन्ने सैनिक सामाग्री बोक्ने विमानमा जापानको ओकिनावा हुँदै ओलम्पिक्स उनीहरू टोक्यो पुगेका थिए।
उनले भने, “त्यतिबेला हङकङमा २४ घण्टामा राजमुकुटको चिन्हसहितको नेपाली कोट हाम्रा लागि तयार पारिएको थियो।”ओकिनावामा अमेरिकी फौजहरूसँग एक हप्ता बक्सिङ अभ्यास गरेको पनि उनले सम्झिए।
ब्रिटिश फौजले नै नेपाली खेलकुद निकायसँग समन्वय गरी ओलिम्पिक्स खेल्ने व्यवस्थापन गरिदिएको रामप्रसाद बताउँछन्।
पहिलो खेलमै पराजय
जापानको टोक्यो पुगेपछि चारजना नेपाली मुक्केबाजहरूलाई अस्ट्रेलियाका फ्लाइवेट च्याम्पियन बक्सर विल्ली टिङ्गल र आयरल्यान्डका बक्सिङ खेलाडीहरूले प्रशिक्षण दिएका थिए।
माटो भरिएका बोरामा मुक्का हानेर बक्सिङको प्रशिक्षण लिने गरेका चारै खेलाडीलाई नयाँ ठाउँ र त्यहाँका खेल सामग्री प्रयोग गरी तालिम गर्न गाह्रो भएको रामप्रसादले बताए।त्यसबेला ओलिम्पिक्सको उद्घाटन समारोहमा बक्सिङ खेलाडी नमसिंह थापाले नेपालको झण्डा समातेको र देशको झण्डा फहराएर रङ्गशालामा हिँड्दा निकै गर्व लागेको उनी सम्झन्छन्।
चार नेपाली बक्सरमध्ये तीन जना पहिलो खेलमा नै पराजित भएका थिए भने ओमबहादुर पुन दोस्रो चरणमा पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




