काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार सोही अवधिमा २४५८ जना संक्रमणमुक्त हुदा ३५ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार