टोकियो/जापान । जापानमा पछिल्लो पटक( १३ देखि १९ डिसेम्बरको बिचमा)विभिन्न मुलुकबाट जापान प्रवेश गर्ने ६८ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार राती सार्वजनिक गरेको तथ्यांक्क अनुसार,यस महिनाको १३ तारिखदेखि १९ तारिखको बिचमा, नारीता, हानेदा तथा कान्साई विमानस्थल हुँदै जापान प्रवेश गर्ने क्रममा रहेका ६८ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको हो । यस पटकका संक्रमितहरु १० वर्षदेखि ७० वर्ष उमेर समूहसम्मका मानिसहरु रहेका छन् ।
यसरी संक्रमित हुनेहरुमा अधिकांस मानिसहरु अमेरिका,फ्रान्स,स्पेन र नाईजेरिया बसेको रेकर्ड भएकाहरु भनिएकोछ । वास्तवमा उनिहरु त्यहि देशका नागरिक हुन् या अन्य मुलुकका त्यसबारे भने केहि बताईएको छैन । पछिल्लो पटक पुष्टि भएका ६८ जनासंगै जापानमा ओमिक्रोन भेरियन्ट संक्रमित संख्या १६० जना पुगेको छ ।स्वास्थ्य मन्त्रालयलाई उद्रित गर्दै प्रकाशन भएका जापानी समाचारहरुका अनुसार, ओसाकामा पुष्टि भएका ३ जना संक्रमितहरुको संक्रमण स्रोत फेला परेको छैन । उनिहरु कहाँबाट संक्रमित भएको नखुलेकाले जापानमा पहिलो पटक समूदाय स्तरमै संक्रमण विस्तार भएको हुनसक्ने आँकलन गरिएको छ ।
जापानमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएकाहरुसंगै जहाजमा आएका, उनिहरुसंगै एउटै रुमा बसोवास गरेका तथा भेटघाट भएका( संक्रमण जोखिम भएकाहरु) मानिसहरुको संख्या ४३ सय जनाभन्दा धेरै भएको बताईएको छ । यदि ति संक्रमितहरुको नजिकका सम्पर्कमा पुगेका मानिसहरुमा पनि संक्रमण पुष्टि भएको खण्डमा जापानमा पनि ओमिक्रोनले माहमारीको रुप लिने संकेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




