ह्योगो/जापान । जापानमा एक नेपालीको हृदयघातको कारण निधन भएको छ । निधन हुनेमा बाग्लुङ जिल्लाको काठेखोला गाउॅंपालिका कर्लिम स्थाई ठेगाना भई बिगत ११ बर्षदेखि जापानलाई कर्मथलो बनाउँदै आएका ४२ वर्षिया नन्दलाल कँडेल रहेको बताईएको छ ।

बिहुँकोट समाज जापानका आजिवन सदस्य समेत रहेका कँडेलको यहि जनवरी २ तारिख जापानको ह्योगो प्रान्तको ईतामी सी मा आफ्नै कोठामा हृदयघात भई असामयिक निधन भएको जनाईएको छ ।

श्रीमती सहित जापानमा दक्ष कामदार(कुक) को रुपमा रहेका कँडेलका नेपालमा दुई छोरा रहेका छन् । कँडेलको भोली शनिवार(जनवरी ८) जापानमै अन्त्येष्टि गरिने बताईएको छ ।

स्रोतः नेपालजापानडटकम


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार