काठमाडौं, २५ असोज । वानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी शरदकुमार गौचनलाई शहीद घोषणा गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ ।

गौचनका परिवार र निर्माण व्यवसायीहरुले सरकारसँग शहीद घोषणा गर्न माग गर्दै बुधबार विजुलित बजारदेखि नयाँवानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका गौचनको हत्यारा पत्ता लगाउन छानविन समिति गठन गर्न समेत उनीहरुले माग गरिएको छ । गौचनको सोमबार दिउँसै गोली हानी हत्या भएको थियो । बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार