काठमाडौँ । एनआरएनए आईसिसि सदस्य अनुज थापा पक्राऊ परेका छन् । ठगी मुद्दामा उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई लैनचौरबाट पक्राउ गरेको हो ।
थापामाथि जापानी प्रोफेसर यामामोतो हिराकुको ७ करोड रुपैयाँ ठगेको आरोप छ । एनआरएनको एक कार्यक्रममा सहभागी भइरहेका बेला परिसरबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी रवीन्द्रसिहं धानुकका अनुसार काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान सुरु गरीसकिएको छ ।
जापानमा रेस्टुरेन्ट विजनेस गर्ने थापाले प्रोफेसर हिराकुलाई नेपालमा शिक्षाका अवस्था दयनीय रहेको भन्दै स्कुल खोल्नका निम्ति आर्थिक सहायता लिएका थिए । प्रहरीका अनुसार थापाले स्कुल निर्माणका लागि भन्दै ६ करोड रुपैयाँ लिएलगत्तै प्रोफेसर हिराकुसँग सम्पर्क बाहिर रहेका थिए । सम्झौता अनुसार स्कुल नबनाई उनले निजी घर गाडी खरिद गरेका थिए ।
स्कुल निर्माण भएको झुटो आश्वासन दिँदै आएका थापाले स्कुलबारे कुनै प्रगती विवरण नदिएपछि प्रोफेसर हिराकु आफुमाथि विश्वासघात भएको र रकम ठगिएको निष्कर्षमा पुगेको थिए । प्रोफेसर हिराकुले आफ्नो रकम फिर्ता दिन वा स्कुलको अवस्थाबारे बताउन आग्रह गरेपछि थापा जापानको रेस्टुरेन्ट भाडामा लगाएर बीचको केही समय नेपाल फर्केका थिए । बारम्बार झुक्काउँदै हिडिरहेका थापालाई पक्रिन हिराकुले लामो समयदेखि प्रयत्न गरिरहेका थिए ।
एनआरएन सम्मेलनमा भाग लिनका निम्ति थापा नेपाल आएको थाहा पाएर प्रोफेसर हिराकुले प्रहरी परिसर काठमाडौंमा जाहेरी दरखास्त दिएका थिए । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । एनआरएन जापानको पछिल्लो निर्वाचनमा उनी अध्यक्षका प्रत्यासी समेत बनेका थिए । तर, चुनावको मुखमा उम्मेदवारी फिर्ता लिएपछि उनलाई आईसीसी सदस्य बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




