काठमाडौं, ३० असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरे । एकताको दस्तावेज सार्वजनिक गर्दै देउवा र गच्छदारले हात मिलाएका थिए । देउवा र गच्छदारको बीचमा उभिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबैको हात मिलाइदिएका थिए । एकता घोषणा गरिए पनि पदको बाँडफाँट नभएको गच्छदारले बताए । उनले भने, ‘निःशर्त एकता घोषणा गरिएको छ ।’ कार्यक्रममा भावुक बनेका गच्छदारले एकताको विरोध ज(जसले गरे पनि कुनै परवाह नगर्ने बताए । कांग्रेसको राजनीति छाडेर फोरम लोकतान्त्रिक गठन गरेका उनले भने, ‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन ।’


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार