टोकियो/जापान ।आउँदो अक्टोबर १ बाट जापानले विदेशी विद्यार्थीहरुलाई व्युटि ईन्डस्ट्री( सौन्दर्य उद्योगमा) पनि स्वीकार गर्ने भएको छ ।
क्योदो न्युजको अनुसार टोकियो महानगरीय सरकारले शुक्रबार( जुन ३ तारिख) जापानको सौन्दर्य उद्योगलाई पहिलो पटक खुला गरेको राष्ट्रिय नियमन योजना प्रयोग गरी विदेशीहरूलाई अक्टोबरदेखि सौन्दर्यकर्मीको रूपमा काम गर्न अनुमति दिने बताएको छ।
जापानको सौन्दर्य विद्यालयमा ब्यूटीशियन र स्टाइलिस्ट बन्न आवश्यक सीप देखाउन सफल विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त गर्न ५ वर्षसम्म फिल्डमा काम गर्न अनुमति दिइने बताईएको छ । “जापानको सौन्दर्य उद्योग संसारमा सबैभन्दा उत्कृष्ट छ। म उनीहरूले टोकियोमा सिकेको उन्नत प्रविधि र आतिथ्यताको सीपहरू विश्व माझ बाँड्न चाहन्छु,” टोकियो महानगरकी गभर्नर कोइके युरिकोले पत्रकार सम्मेलनमा भनिन् ।
खबर अनुसार, अक्टोबर १ बाट,आवश्यक सीपहरु हासिल गरेका विदेशी विद्यार्थीहरूले केन्द्र सरकारको राष्ट्रिय रणनीतिक विशेष क्षेत्र योजना, क्षेत्रीय आर्थिक वृद्धिलाई समर्थन गर्ने उद्देश्यको कार्यक्रम अन्तर्गत अनुमति दिइएको “निर्दिष्ट गतिविधिहरू” भिसाहरूमा सैलुनहरूमा काम गर्न सक्षम हुनेछन्।
महानगरिय अधिकारीहरुका अनुसार, टोकियोले महानगरले अगस्ट महिनासम्ममा विदेशी सौन्दर्यकर्मीहरूका लागि साथ र पर्यवेक्षण संगठन खडा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




