टोकियो/जापान। गत डिसेम्बरदेखि करिब डेढ महिनामा जापानभर फैलिएको कोरोना संक्रमणको आठौं लहरमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । लगभग एक महिनाकै अवधीमा मृत्यु संख्या अत्यन्तै उच्च देखिएको छ ।

३ वर्षअघि जापानमा संक्रमण फैलिन थालेपछि सन् २०२० जनवरीदेखि यस वर्षको जनवरी १४ तारिखसम्म कोरोनाका कारण जापानमा ६२ हजार २६४ जनाको मृत्यु भइसकेको छ । त्यसमा पनि पछिल्लो २ महिनायता मृत्युदर ऐतिहासिकरुपमा उच्च रहँदै आएको छ।

जापानभर यतिखेर कोरोना महामारीको आठौँ लहरको प्रभाव देखिएको छ । हरेकदिन औसत २ लाख जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ भने,उपचारका लागि अस्पत्तालहरु पाउन ठूलो संघर्ष गर्नुपर्नै अवस्था सिर्जना भएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार