काठमाडौं, १७ कात्तिक — अफिसमा मेहनत चाहिँ असाध्यै गर्ने तर प्रमोसन हुने बेलामा चाहिँ चुक्ने मानिस धेरै भेटिन्छन् । प्रमोसन पाउनका लागि मेहनतले मात्र पुग्दैन, तपाईंसँग स्किलहरू पनि हुनु जरूरी छ । ससाना कुरामा ध्यान दिएर तपाईं आफूभित्र स्किल विकसित गराउन सक्नुहुन्छ र प्रमोसन पाउनुहुन्छ ।
अलराउन्डर बन्नुस्
अफिसमा आफ्नो काम गर्ने अनि साथीहरूको कामलाई पनि सहायता गर्ने मानिसलाई सबैले मन पराउँछन् । कुनै अप्ठ्यारो स्थिति आयो भने पनि यस्ता मानिसले सजिलै समस्या समाधान गरिदिन्छन् । प्रमोसनका बेलामा उनीहरूलाई विचार गरिनु स्वभाविक हो ।
राम्रो छवि
तपाईं काममा त सिपालु हुनुहुन्छ तर तपाईंको व्यवहार राम्रो छैन भने प्रमोसनमा अवरोध आउँछ । सहकर्मी तथा आफूभन्दा वरिष्ठसँग तपाईंको जस्तो व्यवहार हुन्छ, त्यसैले तपाईंको प्रमोसन हुने नहुने कुरा निर्धारण गर्छ ।
हाकिमसँग कुरा
प्रमोसन पाउन मन छ भने हाकिमलाई पनि थाहा दिनुपर्छ । हाकिमसँग आफ्नो कामको दक्षता बारेमा कुरा गर्नुपर्छ । अनि हाकिमले औंल्याएका कमजोरीलाई दोहो–याउनु हुँदैन । गल्तीहरू दोहो–याउनुभएन भने हाकिमले आफ्नो कुराको महत्त्व तपाईंले दिएको अनुभव गर्छन् र प्रमोसनमा विचार गर्छन् ।
सक्षम साबित गर्नुस्
कम्पनीलाई फाइदा पुग्ने काम गर्ने कर्मचारीलाई प्रमोसनमा कुनै अवरोध हुँदैन । आफ्नो कला, क्षमता र कुशलताले तपाईं कम्पनीलाई अघि बढाउने कर्मचारी हो भनी साबित गर्नुस् । कम्पनीले ठूलो जिम्मेवारी दिएर तपाईंबाट फाइदा लिन्छ ।
करीयर प्लान
प्रमोसन दिनुअघि तपाईंको हाकिमले अबको पाँच वर्षमा तपाईं आफूलाई कहाँ देख्नुहुुन्छ भनी सोध्छन् । त्यसका लागि तपाईंले योजना पहिले नै बनाएर उनलाई सुनाउनुपर्छ । तपाईंको प्लानले कम्पनीलाई फाइदा पनि हुनुप–यो ।
सकारात्मक दृष्टि
तपाईंलाई आफ्नो काम मन परेको छैन भने हाकिमलाई नसुनाउनुस् । कुरा गरेपिच्छे तपाईंले कामको खोट निकालिरहनुभयो भने हाकिममा नकारात्मक प्रभाव पर्छ अनि तपाईंले प्रमोसनको कुरा उक्काउन समेत सक्नुहुन्न ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




