टोकियो/जापान। यस वर्षको पहिलो शक्तिशाली मानिएको ताईफु २ (मावर)जापानको ओकिनवा क्षेत्रमा प्रवेश गरेसंगै जापानभर यसको प्रभाव देखिन थालेको छ।

गत महिनाको ३१ तारिखदेखिनै ताईफुको प्रभावस्वरुप,जापानको विभिन्न स्थानहरुमा भारी वर्षाहरु भइरेकोमा आज(जुन २ तारिख)देखि सिकोकु,तोकाई,किन्की,कान्तो कोसिन,होकुरिकु तथा उत्तरी क्युसुमा भारी वर्षा हुने आँकलन गरिएको छ।

आज बिहानैदेखि,आईची ,कोची तथा एहिमे प्रिफेकेचरका केहि सहरहरुका हजारौँ मानिसहरुलाई वर्षाको कारण बाढी/पहिरो तथा डुबानको चेतावनी जारी गर्दै सुरक्षित स्थानतर्फ जान सुसुचित गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार ताईफु आज कागोशिमा प्रिफेक्चरको अमामी क्षेत्रको सबैभन्दा नजिक छ, र ओकिनावा तथा अमामी क्षेत्रहरूमा तीव्र हावा र उच्च छालहरूबाट सावधान रहनु आवश्यक छ।

वर्षातको समयमा आएको ताईफुका कारण सिर्जना हुने भारी वर्षाका कारण जापानभरका ६००० भन्दा बढी नदीहरुमा बाढीको जोखिम रहेको बताईएको छ। समुद्र तथा नदि/नलाहरुको छेउछाउमा बसोवास हुनेहरुले थप सकर्कता अप्नाउँन आग्रह गरिएको छ।

सम्बन्धित खबरहरु

ताईफु २ नजिकिँदै गर्दा ओकिनवामा सतर्कता बढाईयो,माछा मार्ने डुंगा तथा हवाई उडानहरु बन्द !

ताईफु २ भोलिसम्ममा ओकिनवाका मूख्य क्षेत्रहरुमा पुग्ने,मौसमी खबरहरु हेर्दै सतर्क रहन आग्रह

निकै शक्तिशाली हुने भनेको ताईफु जापानको ओकिनवा आईपुग्दा कमजोर भयो,सम्भावित जोखिम टरेको आँकलन

ठूलो र शक्तिशाली ताईफु ३१ तारिख ओकिनवा क्षेत्र पुग्ने,आजदेखिनै पुर्वी तथा पश्चिम जापानमा भारी वर्षा

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार