टोकियो/जापान। जापान सरकारले टोकियो वरपरका बासिन्दाहरु तथा उद्योगहरूलाई जुलाई र अगस्टमा बिजुली बचत गर्न आह्वान गरिरहेको छ । चरम गर्मी मौसममा स्थिर बिजुली आपूर्ति सुनिश्चित होस भन्ने,उदेश्यले बिद्युत खपतमा किफायती कायम गर्न आग्रह गरिएको हो ।

गत वर्षको गर्मीको तुलनामा यस वर्षको गर्मीमा जापानमा विद्युत आपुर्तिमा केहि सहज हुने भएता पनि,अहिले देखिनै विद्युत प्रयोगमा किफायती नगरेमा,आपुर्ति व्यवस्थापन हुन नसक्ने आँकलन सहित यस्तो आह्वान गरिएको हो । अघिल्लो वर्ष जापानमा देशव्यापीरुपमा विद्युत आपुर्तिमा कमी आएको थियो।

यस पटक उर्जा मन्त्रालयले टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्सले विद्युत आपूर्ति गर्ने क्षेत्रहरूमा दुई महिनाको अवधिमा पर्याप्त बिजुली बचत गर्नका लागि आग्रह गर्ने निर्णय गरेको छ । किनकि रिजर्भ अनुपात ५ % भन्दा कम हुने अनुमान गरिएको छ। न्यूनतम ३ % विद्युत रिजर्भ भएमामा स्थिर आपूर्ति सुनिश्चित गराउन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार