टोकियो/जापान। टोकियोमा ट्रेनको यात्रा गर्नेहरु,प्लाटफर्ममा ट्रेन चढ्ने बेला ख्याल गर्नुहोस् । अन्जान व्यक्तिले पछाडीबाट ट्रेनको ट्र्याकमा धकेलिदिन पनि सक्छ । हालै टोकियोमा एउटा यस्तै घटना घटेको छ।
शनिबार टोकियोको मिनातो वार्डको जेआर शिनागावा स्टेशनमा ६० वर्षकी एक महिलालाई रेल ट्र्याकमा धेकेलोको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। ती महिला दिउँसो १ः३० बजे जेआर तोकाईदो लाइनको प्लेटफर्ममा अगाडिको लाइनमा उभिएकी थिइन् । त्यहि समयमा उनलाई अचानक रेलको ट्रयाकमा धेकेलिदिएको थियो।
उनलाई आउँदै गरेको रेलले अलिकति ठक्कर दियो र टाउकोमा चोट लाग्यो तत्काल उद्दार गरि अस्पताल पठाइएको उनको अवस्था स्थिर रहेको बताइएको छ ।
उनलाई धकेल्ने व्यक्ति, ओसाका प्रिफेक्चर, तोन्दाबायासीको ३९ वर्षीया व्यक्तिलाई पछि महानगरीय प्रहरी विभागको ताकानावा पुलिसले हत्या प्रयासको आशंकामा पक्राउ गरेको योमिउरीले जनाएको छ।
प्रहरीका अनुसार ती व्यक्तिले ती महिलालाई कहिल्यै भेटेका थिएनन् तर,आफू मृत्यु नहुँदासम्म जेलमा बस्न चाहेकोले आफूले उनलाई धकेलेको बयान दिएको बताईएको छ। ति व्यक्ति आपराधिक रूपमा जिम्मेवार छन् कि छैनन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ।
जेआर ईस्टका अनुसार महिलालाई ठक्कर दिने तोक्काईदो लाइन ट्रेनले आफ्नो सञ्चालन रद्द गर्नुपरेको थियो। उक्त घटनाका कारक्ष ९ वटा रेल ६५ मिनेटसम्म ढिलो भएको थियो, जसबाट करिब ८,००० मानिस प्रभावित भएका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




