ओसाका/जापान । स्याङ्जा समाज जापान अन्तर्गत कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ।
कार्यक्रमबाट सूर्य प्रसाद अर्याललाई अध्यक्ष चयन गर्दै आगामी कार्यकालका लागि नेतृत्व सुम्पिएको छ। कार्यक्रममा समाजको संरचना, भावी योजना र समुदायप्रतिको जिम्मेवारीबारे व्यापक छलफल भएको थियो।
नवगठित कार्यसमितिकको अध्यक्षमा-सूर्य प्रसाद अर्याल, उपाध्यक्षद्वयमा – कृष्ण प्रसाद पाण्डे,अनन्त राज भट्टराई, सचिवमा – गिरिश ढकाल,सह-सचिवमा – अनिल क्षेत्री, कोषाध्यक्षमा – अमृत पौडेल, सह-कोषाध्यक्षमा – प्रविण भुजेल चयन भएका छन् । त्यसैगरि सदस्यहरू-राम न्यौपाने, सुन्दर पाण्डे, पुष्पराज पोख्रेल, रमेश भण्डारी, रोशन गैह्रे, काजल गुरुङ, कृति गिरी, सुमेना श्रेष्ठ, ईश्वर रानाभाट, सुरज काफ्ले, विनोद पौडेल, शर्मिला खनाल रहेका छन् ।
अधिवेशनमा स्याङ्जा समाज जापानका केन्द्रिय कार्यसमितिका अध्यक्ष वेद कार्की लगायतका पदाधिकारीहरु सहभागी भएका थिए।
नव-निर्वाचित समितिलाई स्याङ्जा समाज जापानका विभिन्न शाखा र जापानवासी नेपाली समाजका प्रतिनिधिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। समितिले जापानमा रहेका स्याङ्जालीहरूबीच एकता, सहयोग र संस्कृतिको प्रवर्द्धनमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




