काठमाडौं, अक्टोबर २७। नेपालीहरूको महान् पर्व दशैं, तिहार तथा छठको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्रशान्त क्षेत्रले नुवाकोटमा ज्येष्ठ नागरिकका लागि आर्थिक सहयोग वितरण कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका एशिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलले दिएको जानकारीअनुसार मंगलबार नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आर्थिक सहयोग वितरण कार्यक्रम आयोजना गर्न लागिएको हो।
ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र सामाजिक उत्तरदायित्वको भावनासहित आयोजना गर्न लागिएको कार्यक्रम नेपाली समयअनुसार दिउँसो १ बजेदेखि सुरु हुनेछ।
संयोजक कँडेलले हाल नेपालमा रहेका सम्पूर्ण गैरआवासीय नेपाली अभियन्ता तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक आह्वान गरेका छन्।
नेपालीहरूको महत्वपूर्ण चाडपर्वको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान र सेवाभाव अभिवृद्धि गर्नुका साथै गैरआवासीय नेपालीहरूको सामाजिक उत्तरदायित्वलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन
- जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
- जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
- अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनको तयारी पूरा, धादिङबेँसीमा भोलि हुँदै




