एजेन्सी । तपाईँलाई सुन्दा पनि अचम्म लाग्न सक्ला एक श्रीमानका तीन श्रीमतीहरु एउटै घरमा मिलेर बस्छन् । न्यु जर्सीमा रहेका एक व्यक्तिको घरमा तीनजना श्रीमती श्रीमानसँग मिलेर बस्छन् । प्राय एक श्रीमतीसँग पनि सम्बन्ध राम्रो नहुने अवस्था सिर्जना हुने गरेको ठाउँमा यी व्यक्तिले भने आफ्नी तीनवटी श्रीमतीलाई मिलाएर सँगै राख्न सकेर सबैलाई आश्चर्यमा पारेका छन् ।
वेनसा हसल नाम गरेकी महिलाको पति तथा उनका बच्चाहरुसँग सम्बन्ध एकाएक बिग्रिएको थियो । टुटेकी बेनिसामा सानो आस थियो एक पटक फेरि पतिसँगको सम्बन्ध राम्रो बनोस । उनको आशा पुरा भयो । बेनिसा र पाली टुटेको सम्बन्ध एक पटक फेरि सुमुधुर बन्यो । त्यतिजेन्लसम्ममा पालीको जीवनमा दुई युवतीहरुको आगमन भइसकेको थियो । हैजल, २७ वर्षकी युवती तथा लेडी नाम गरेकी २५ वर्षकी युवती ।
यथार्थ बुझिसकेपछि बेनिसाले उनीहरुसँगै रहने निर्णय गरिन् । उनी अब पति तथा उनका दुई श्रीमतीसँग निकै खुसीका साथ बस्दै आइरहेकी छिन् । यहाँसम्मकी उनीहरू एक अर्कालाई आफ्नो अतिमिल्ने साथीको रूपमा बताउँछन् ।
मेल अनलाइनका अनुसार यसरी फोरसम परिवार भएको हो । उनीहरू नियमित रूपमा डिनर डेटमा जाने गर्छन् । यहाँ सम्मकी उनीहरू सँगै सुत्छन् । जिम जानेदेखि हरेक काम उनीहरू मिलेर गर्छन् । पालीले आफ्ना तीन श्रीमतीका लागि सिस्टर वाइभ्स नाम गरेको टिर्सट उपहार दिएका छन् । उनीहरू उक्त टिसर्ट लगाएर बाहिर विभिन्न कार्यक्रममा समेत जाने गरेका छन् । तीनवटै श्रीमतीले पालीको अनुहारको टाटु आफ्नो शरीरमा खोपेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




