काठमाडौं, मंसिर १३ । विश्वको सबैभन्दा ठूलो कम्युनिस्ट राष्ट्र चीनको चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको माओवादीलाई पहिलो नम्बरमा राखेको छ । उसले विश्वका ६ सय कम्युनिस्ट पार्टीमध्ये नेकपा (माओवादी केन्द्र)लाई पहिलो नम्बरमा सूचीकृत गरेको जनाएको छ ।
चीनमा जारी नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिको छलफल तथा राजनीतिक भेटघाटक्रममा चिनियाँ कमयुनिस्ट पार्टीका विदेश विभागका एसिया ब्युरो प्रमुख साव लिङले नेपालको माओवादी आफूहरूको पहिलो नम्बरमा रहेको बताएका हुन् । उनले नेपाली माओवादीप्रति चीन गम्भीर र सकारात्मक भएको पनि बताए ।
नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संविधान निर्माण र शान्ति प्रक्रियाका हाँक्न खेलेका अहं भूमिकाप्रति चीन जानकार रहेको जनाउँदै साव लिङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रशंसासमेत गरेका छन् ।
उनले चीनको कम्युनिस्ट पार्टीको केही समयअघि मात्रै सम्पन्न १९औं महाधिवेशबाट नयाँ समाजवादी क्रान्तिको नीति लिएको अवस्थामा नेपालले मौलिक शैलीको समाजवादको नीति लिएर अघि बढे राम्रो हुने कुरामा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




