टोकियो । जापानमा पुरानो संस्था मध्येको एक तमुधि जापानको नयॉ कार्यसमिति चयनको लागि यहि डिसेम्बरको १० मा अधिवेशन हुने भएको छ ।

जापान भर १५ हजार भन्दा बढि बसोबास गरेका गुरुङहरुको ( तमु) साझा संस्था तमुधिको अधिवेशनले आगमि दुई वर्ष कार्यकालको लागि निर्वचान गर्ने तमुधि जापानका अध्यक्ष श्रीगुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार नयॉ अधिवेशनका लागि संरक्षक ओम गुरुङ संयोजक रहनु भएको पॉच सदस्य रहेको निर्वचन समिति चयन गरेको छ । समितिमा हर्क गुरुङ, दिनेश गुरुङ, याम गुरुङ र इश्वर गुरुङ रहेका छन ।

अधिवेशनमा आर्थिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र भावि योजनाका बारेमा पनि छलफल सहित पारित गरिने आयोजकले जानकारी दिएका छन । डिसेम्बर १० तारिकमा हुने अधिवेशनले निर्वचित गरेको नयॉ समितिलाई आउदो जनवरीमा २ मा हुने ल्होसार कार्यक्रममा पद हस्तान्तरण गरिने जानकारी दिएको छ ।

तमुधि जापानले जनवरी २ मा ल्होसार सॉझ गर्ने ।
गुरुङहरुको नयॉ वर्ष ल्होसारको उपलक्ष्यमा तमुधि जापानले ब्रोसिस ब्यान्डका गायक दीपु गुरुङ तथा लोकदोहरी गायक राजन गुरुङको सागितिक कार्यक्रम सहित आयोजना गर्ने भएको छ ।

तो ल्हो (कुकुर बर्ग) को आगमनमा हुने ल्होसार सॉझ टोकियोको ईकेगामि खाईकेन हलमा आयोजना हुने ल्होसार सॉझको तयारी पुरा भएको आयोजक तमुधिको जानकारी दिएको छ । कार्यक्रममा गुरुङ संस्कृतिको झाकिहरु पनि प्रर्दशन हुने भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार