हालै मागी विवाह गरेकी काठमाडौंकी रुपा (नाम परिवर्तन) ले विवाहको पहिलो रात शारीरिक सम्पर्क गर्न खोज्दा पतिको लिंग नै उत्तेजित नभएपछि सुहागरात खल्लो भएको महसुुस गरिन् । विवाहको दुई सातासम्म पति रुप (नाम परिवर्तन) लाई यौन उत्तेजना नभएपछि नवदम्पतिमा तनाव र शंकाको वातावरण सिर्जना भयो ।

रुपलाई आफ्नो यौन लाचारीप्रति हिनताबोध हुन थाल्यो भने रुपालाई आफ्नो पहिलो यौन सुख नै लुटिएको पीडाले सताउन थाल्यो । उनलाई आफू अब आजीवन यौनसुखबाट बञ्चित पो हुने हुँ कि भन्ने डर पनि लाग्न थाल्यो । भर्खरै विवाह भएकाले एकले अर्कालाई चिन्न बाँकी रहेको अवस्थामै यी दम्पतिका अगाडि यो यौन समस्या ठूलो चुनौतीका रुपमा देखापर्‍यो । श्रीमानमा यौन उत्तेजना नहुने समस्या भएपछि नवदुलही रुपाकै आग्रह र सल्लाहमा उक्त जोडी परामर्श र उपचारका लागि पुतलीसडकस्थित आयुर्वेद क्लिनिक माता मनोकामना आरोग्य केन्द्रमा पुग्यो ।

क्लिनिकका यौन विशेषज्ञ डा. समन रुपाखेतीले उनीहरुको पृष्ठभूमि, पारिवारिक वातावरण र समस्यालाई बुझेर उचित यौन परामर्श दिएर पठाए । सोही रात यो जोडीले बल्ल यौनसन्तुष्टि प्राप्त गर्‍यो । अहिले उनीहरुमा यौन समस्या छैन । डा.रुपाखेतीका अनुसार भर्खरै बिहे गरेको यो जोडीलाई सांस्कृतिक उत्तरदायित्व र पारिवारिक निगरानीका कारण मानसिक र मनोवैज्ञानिक दवाव सिर्जना भएकाले यौन जीवनमा प्रभाव पारेको हो ।

नवविवाहित दम्पतिमा पुरुषलाई म आफ्नी पत्नीलाइ पूर्ण सन्तुष्टि दिन सक्दिन कि ? शीघ्र स्खलन पो हुने हो कि ? ओल्लोपल्लो कोठामा सुतेका परिवारका अन्य सदस्यले थाहा पाउने पो हुन् कि भन्ने मानसिक तनावले यौन समस्या देखिन्छ भने महिलामा मेरा पतिले अरुसँग पनि यौन सम्बन्ध गरेका छन् कि ? यौन सम्पर्क गर्दा दुख्ने पो हो कि ? यौन रोग पो सर्ने हो कि भन्ने आशंकाले समस्या उत्पन्न हुन्छ ।

सात वर्षदेखि सबै किसिमका यौन समस्याको उपचार गर्दै आएका डा. रुपाखेतीका अनुसार अचेल महिला आफ्ना पतिमा देखिएका यौन समस्या लिएर परामर्श गर्न आउने क्रम बढेको छ । दैनिक यौन समस्या लिएर यसरी आउने महिलामा अधिकाशं २० वर्षदेखि ३५ वर्ष उमेर समूहका विवाहित छन् ।

तर कतिपय अविवाहित युवती पनि आफ्नो यौन समस्या लिएर उपचारका लागि आउने गरेका छन् । अविवाहित युवती गर्भवती भएपछि वा आफ्नो केटा साथीसँग सम्बन्ध बिग्रिएपछि परामर्शका लागि आउने गर्छन् । कतिपय पति विदेश भएका महिला पनि आफ्नो यौन चाहना कसरी पूरा गर्ने वा विवाहेत्तर सम्बन्ध बनाउँदा कसरी सुरक्षित रहने भन्ने परामर्श लिन आउँछन् ।

डा. रुपाखेतीका अनुसार परामर्श र उपचारका लागि केन्द्रमा आउनेमा धेरै जसो पुरुषलाई शीघ्र स्खलन र यौन उत्तेजना नहुने समस्या पाइन्छ भने महिलालाई पतिको त्यही समस्याले आफूमा यौन सन्तुष्टि नभएको पाइन्छ । उनले पतिमा यौन समस्या देखिएपछि पीडित पत्नी आफैं परामर्श र उपचारका लागि चिकित्सककहाँ आउने गरेको बताए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार