चरिकोट, ४ पुस । जागिर सकिनु तीन दिन अगावै खाना खान नपाएपछि जिल्ला प्रहरी कार्यालय दोलखामा खटिएका सबैजसो म्यादी प्रहरी घर फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाभित्र म्यादी प्रहरीले महँगो रकम तिरेर खाना खानु परेको र ज्यामीको काममा लगाएको भन्दै आन्दोलनमा उत्रिएपछि सधँै खाना खाएको स्थान प्रहरीको मेसबाट बन्द गरेका कारण आफूहरु घर फर्केको म्यादी प्रहरीले बताएका छन् । खाना खान नपाएपछि घर जिरी फर्कंदै गरेका म्यादी प्रहरी शिव खड्काले आफूहरुले आन्दोलन गरेपछि प्रहरीको मेसमा दुई छाक खाना नपाएका कारण घर फर्केको बताए ।
खड्काले भने, ‘‘बाहिर गएर चाउचाउ त खाइयो तर सधँै खाएको स्थानमा खाना खान नपाउँदा बाहिर खाने ठाउँ भएन त्यसैले घर फर्कियौं ।’’ म्यादी प्रहरीको जागिरको अवधि तीन दिन मात्रै बाँकी रहँदा उनीहरु घर फर्केका हुन् ।
सोमबार खानाको रकम घोटला भएको भन्दै आन्दोलन गर्दा प्रहरीले लाठी प्रहार गर्दा १२ जना म्यादी प्रहरी घाइते भएको उनीहरुको भनाइ छ । केही म्यादी महिला प्रहरीले आफूहरुमाथि महिला हिंसासमेत भएको आरोप लगाएका छन् । सोमबार म्यादी प्रहरीहरुले नाराबाजी गर्दै बजार परिक्रममा समेत गरेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रामेश्वर कार्कीले सोमबार बेलुका र मंगलबारको खाना केही म्यादीले बाहिर गएर खाएको बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




