एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको भाउमा । तर यो दुनियाँमा यस्तो सहर पनि छ, जहाँ लाख तथा करोड होइन, जम्मा १ सय २५ रुपैयाँमा घर किन्न पाइन्छ ।
पत्याउनुभएन ? पत्याउनुस् पनि कसरी ? हाम्रो देशका सहरमा सुनको भाउमा घरजग्गा बिकिरहेका छन् । तर, उता इटालीमा भने सरकारले एक युरो अर्थात् झण्डै एक सय २५ रुपैयाँमा घर बेचिरहेको छ ।
इटालीको भूमध्य सागरक्षेत्र नजिक सार्डिनियास्थित ओलोलार्इ भन्ने सहरमा एक यूरोमा घर पाइन्छ ।
विश्वका कुनै पनि देशका मानिसले यहाँ घर किन्न सक्दछन् ।
ओलोलाइमा पहिले जनसंख्या धेरै थियो । तर मानिसहरु यहाँबाट बसाइ सरेर जान थाले । पछिल्ला ५० वर्षमा यहाँको जनसंख्या घटेर केवल १३ सयमा झरेको छ । मानिसहरुले बसाइँ सरेपछि यहाँका घरहरु खाली भएर भुतबंगला बनेका छन् । निकट भविष्यमै सबै मानिसले यो ठाउँ छाडेर कतै यो खण्डहर त बन्ने होइन भन्ने चिन्ताले सहरका मेयरले यहाँका घरहरु कौडीको भाउमा बेच्ने निर्णय गरेका हुन् । यहाँका २ सय यस्ता खाली घर बेचिनेछ ।
यहाँ विश्वका जुुनसुकै ठाउँका मानिसले घर किन्न पाउँदछन्, तर एउटा शर्त भने पूरा गर्नुपर्दछ ।
शर्त के भने घर किनिसकेपछि घरको जिर्णाेद्धार गर्नुपर्नेछ । जिर्णोद्धारको रकम पनि सरकारले तोकेको छ, झण्डै २६लाख रुपैयाँ ।
एक यूरोमा घर पाइने भनेपछि रमाइलोका लागि पनि मानिसहरुले किन्नेछन् । तर २६ लाख रुपैयाँ खर्चेर मर्मत गरेपछि मानिसहरु पैसाको लोभले पनि घरमै बस्नेछन् भन्ने तर्कका साथ मेयरले त्यस्तो निर्णय गरेका हुन् । किनकि नबस्ने घरमा त कसैले लाखौँ पैसा खर्च गदैन ।
तर खुसीको कुरा के भने तत्कालै मर्मत गर्नुपदैन, तीन वर्ष भित्रमा घर जिर्णोद्धार गरेपुग्छ ।
समाचार अनुसार, अहिलेसम्म त्यहाँकका ३ वटा घर बिकीसकेका छन् । दुनियाँभरका धेरै मानिसले घर खरीदका लागि चासो देखाएका बताइएको छ ।
स्मरणरहोस्, यसअघि सन् २०१५ मा इटालीकै सिसिलियन सहरमा यस्तै खाली घरहरु सरकारले १ यूरोमै बेचेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




