काठमाडौं – नेपालीहरु रोजगारीको लागि दक्षिण कोरिया जान मरिहत्ते गरिरहेका बेला कोरियन कम्पनी एसवाई ग्रुपले ६५ करोड रुपैयाको लगानीमा चितवन रत्नगर टाडीमा भवन निर्माण सामग्री उत्पादन गर्ने कम्पनी बनाउन थालेको छ ।

यस कम्पनीले स्यान्डविच प्यानल, छाना, स्टिल ढोका र यूपीभीसी झ्याल लगायतका सामग्री उत्पादन गर्नेछ ।अहिले कम्पनी निर्माण कार्य तिब्र गतिमा भईरहेको छ । कन्ट्रक्सनको ७० प्रतिशत काम सकिएको नेपाल प्रशासन प्रमुख देवेन्द्र सम्बाहाम्फेले जानकारी दिए ।

आगामी मार्चको अन्तिम सातासम्म कम्पनी निर्माण कार्य सकिएर उत्पादन थाल्ने लक्ष्य लिएको पनि उनले बताए । उक्त ग्रुपले प्रिफ्याबबाट बनाएको दुई तले घर महाराजगञ्जमा नमूना घरको रुपमा राखेको छ ।

नेपाल भूकम्पको उच्च जोखिम रहेको देशहरुमा गनिन्छ । प्रिफ्याब प्रविधिबाट बनाईएको भवन भुकम्पप्रतिरोधी , सस्तो, र सुरक्षित हुने सम्बाहाम्फेले दावी गरे ।

कम्पनी संचालमा आए संगै धेरै नेपालीहरु रोजगारीको अवसर प्राप्त गर्ने छन्, साथै अब आउने दिनहरुमा त्यस्तै कोरियाले अरु नया कम्पनिहरु पनि सचालन गर्ने बताइको छ र नेपालमा नै प्रशास्त  रोजगारीको अवसरहरु सृजनाहुने छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार