sf7df8f}F, !* dªl;/M /fhb"t tyf j}b]lzs ;fem]bf/ ;+:yfsf k|d'v;Fu 5nkmn sfo{qmd g]kfn e|d0f jif{–@)@) ;kmn kfg{ g]kfnl:yt ljleGg b]zsf /fhb"t tyf j}b]lzs ;fem]bf/ ;+:yfsf k|d'v;Fusf] 5nkmndf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]zs'df/ e§/fO{ . tl:a/, ;f}hGoM dGqL e§/fO{sf] ;ljrfno÷/f;;

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० मा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउने लक्ष्य रहेको बताएका छन् ।

बौद्ध दर्शन तथा गुम्बा विकास समितिको समन्वयमा बुधबार सिंहदरबास्थित मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष्य पुरा गर्न सहयोग गर्न सबै बौद्ध गुरुहरुलाई आग्रह गरे । उनले सरकारले लुम्बिनीको विकासका लागि गुरु योजना बनाउन लागेको समेत जानकारी दिए । त्यस्तै बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सम्मेलन गर्ने समेत बताए ।

त्यस्तै मन्त्री भट्टराईले २०२० लाई पर्यटन प्रवद्र्धनका लागि आधार वर्षको रुपमा विकास गरी ‘पर्यटनका निम्ति एक दशक’ अभियान लागू गर्ने बताए । नेपालमा सबै सिजनमा पर्यटनको सम्भावना रहको बताउँदै सरकारले पूर्वाधार विकास गरी सोही अनुसार पर्यटन प्रवद्र्धनको काम गर्ने रणनीति बनाएको समेत बताए ।

उनले लुम्बिनी विकास कोषको संरचनागत ढाँचा सानो भएको बताउँदै त्यसलाई वृहत्तर लुम्बिनी विकास परिषद्को रुपमा विकास गर्नुपर्ने समेत बताए । त्यस्तै जनवरी एकमा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा बुद्धको आकृति बनाई मन्त्र बाचन गर्न समेत बौद्ध गुरुहरुलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार