टोकियो/जापान। १७ वर्षपछि जापानको केन्द्रीय बैंकले व्याजदर वृद्धि गरेपछि,जापानी येनको भाउ बढ्ने अनुमान गरिएता पनि २० तारिख जापानी येनको भाउ थप घटेको छ ।

बैंक अफ जापानले ऋणात्मक ब्याजदर नीतिको अन्त्यको घोषणा गरे पनि यसले ब्याजदर बढाउन हतार नगर्ने संकेत गरेपछि,जापान र संयुक्त राज्य अमेरिकाबीचको ब्याजदरमा भिन्नता रहेकाले जापानी येन थप अनमुल्यन भयो ।

बुधबार जापानी येन विनिमयदर प्रतिडलर १५१ येनको स्तरमा झर्यो । यो अघिल्लो दिनभन्दा २ येनले घटेको हो ।

जापानी अर्थतन्त्रले लामो समयदेखि मौद्रिक सहजताको उपयोग गरिरहेकोले गभर्नर उएदाले भविष्यमा ब्याजदर बढाउने कुरामा सचेत रहेको धेरै लगानीकर्ताको विश्वास रहेको बजार विश्लेषकहरुको विश्लेषण रहेको छ। अर्कोतर्फ अमेरिकी फेडरल रिजर्भ (फेडरल रिजर्व)ले मौद्रिक नीति भोलिको प्रारम्भिक समयमा निर्णय गर्नेछ। यदि अमेरिकी फेडरल रिजर्भले तत्काल ब्याज दर कटौती नगर्ने निर्णय गरेमी जापानी येन थप अवमुल्यन हुने सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार