पुस २०, २०७४ पर्वत : लप्सी उत्पादनको पकेट क्षेत्र मानिएको पर्वतमा यतिबेला लप्सी फलाएका कृषकहरूलाई लप्सी बेच्न भ्याइनभ्याई छ। जिल्लाको फलेवास नगरपालिका– ४ मुडिकुवाका थानेश्वर भुसालले एकल लगानीमा सामुदायिक खाद्य प्रशोधन उद्योग खोलेर लप्सी खरिद गर्न थालेपछि कृषकहरूले लप्सी संरक्षण गर्दै राम्रो व्यापार गरिरहेका छन्। उद्योग र अन्य व्यापारीहरूले लप्सी प्रशोधनबाट उत्पादन गरिने माडा, क्यान्डी, अचार, तितौरा, जाम, अमिलो धूलोलगायतका विभिन्न परिकारका लागि बोटबाटै लप्सी खरिद गर्न थालेका छन्। यस्ता संस्थाले बोटबाटै मोल गरेर लप्सी खरिद गरिदिएका कारण जिल्लाका धेरैजसो गाउँमा खुद्रामा लप्सी किन्न पाइँदैन। बाटोमा हिँड्ने बटुवाहरूले रूखभरी लप्सी त देख्छन् तर झारेर वा मागेर पाउँदैनन्। ‘रूखमा लप्सीका दाना लागेलगत्तै बोटबाटै यति पैसा भनेर बेचिन्छ, खुद्रा किन्न आउनेलाई बेच्नै मिल्दैन’, फलेवास नगरपालिका– ३ शंकरपोअरीका कृषक मेकबहादुर भण्डारीले भने, ‘संस्थाका मान्छेले पहिले नै बोटबाटै किनिसकेका हुन्छन्।’ घरमा खाने अचार बनाउनका लागि लप्सी खरिदका लागि गाउँ आएका सदरमुकाम कुश्मा बजारका ईन्द्र शर्मा भन्छन्, ‘अलिकति लप्सी ल्याएर अचार बनाउनुपर्यो भनेर गाउँ गएको, गाउँमा त बोटबाटै खरिद भइसकेको रहेछ। रित्तै हात फर्किएँ।’ जिल्लामा उत्पादित लप्सीमध्ये केही जिल्लामा नै प्रशोधन हुन्छ भने ठूलो परिमाणमा पोखरा, नारायणगढ, काठमाडौंलगायतका ठाउँमा निर्यात हुने गरेको छ। लप्सी खरिदकै लागि जिल्लाको थापाठाना पुगेका सामुदायिक खाद्य प्रशोधन उद्योगका संचालक भुसाल भन्छन्, ‘अघिल्लो वर्ष प्रशोधनपछि ४० टन विभिन्न परिकार बनाइएको थियो। यस वर्ष ६० टन पुग्ने आशा छ।’ अघिल्लो वर्ष क्यान्डी, जाम र तितौरा गरेर १० क्विन्टल अमेरिका निर्यात गरेको उनले बताए। ‘यस वर्ष कति जान्छ हेरौँ’, उनले भने। लप्सी खरिदकै लागि पर्वत आइपुगेका अर्का नारायणगढका व्यापारी खिलप्रसाद शर्मा भन्छन्, ‘मैले हरेक वर्ष पर्वतबाट लप्सी खरिद गरेर लैजान्छु। नारायणगढमा यो सिजनमा लप्सी राम्रो बिक्री हुन्छ।’ त्यहाँका स्थानीय र साना व्यापारीलाई पनि आफूले लप्सी दिने गरेको उनको भनाइ छ। शर्मा जस्तै अन्य धेरै खरिदकर्ताहरूले कार्तिक, मंसिरमै बोट आफ्नो नाममा बनाएपछि यही समयमा लप्सी झारेर लैजान कामदारसहित गाउँगाउँमा पुग्छन्। उनीहरूले प्रति किलो २५ देखि ३० रुपैयाँको दरमा लप्सी खरिद गर्ने गरेका छन्। औसतमा एउटा बोटमा झण्डै चार क्विन्टलसम्म लप्सी फल्ने गरेको व्यापारीहरूको भनाइ छ। लप्सी उत्पादनमा देशमा नै चिनिने पर्वतका मुडिकुवा, शंकरपोखरी, थापाठाना, भंगरा, ठानामौला, लिमिठाना, कुर्घा, खानीगाउँ, ठूलीपोखरीलगायतका दर्जनौँ ठाउँहरूमा सबैभन्दा बढी लप्सी फल्ने गरेको छ। जिल्लामा वर्सेनि झण्डै १४ हजार मेट्रिक टन लप्सी उत्पादन हुने गरेको तथ्यांक छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




